ज्योति विकास बैंकले माग्यो ४० जना कर्मचारी, २० जना शाखा प्रबन्धक र २० जना जुनियर अफिसर 

बिजमाण्डू
२०७५ असोज २५ गते १०:१३ | Oct 11, 2018
ज्योति विकास बैंकले माग्यो ४० जना कर्मचारी, २० जना शाखा प्रबन्धक र २० जना जुनियर अफिसर 


काठमाडौं। ज्योति विकास बैंकले विभिन्न शाखा कार्यालयहरुको लागि २० जना शाखा प्रबन्धक माग गरेको छ। सहायक तथा जुनियर अफिसर तहमा २० जना रिलेसनसिप म्यानेजर तथा अप्रेसन इनचार्ज माग गरेको हो। 

Tata
GBIME
Nepal Life

बैंकले भैरहवा, आवुखैरेनी, बोडे, महाराजगञ्ज, बनेपा, कावासोती, सिन्धुली, धरान, वालिङ, गल्छि, हरिवान, गाइघाट, रामगोपालपुर, खोर्साने, फापरबारी, बागदुला लगायतका शाखा कार्यालयको लागि अफिसर, सहायक र जुनियर अफिसरमा कर्मचारी माग गरेको हो। 

ब्रान्च म्यानेजरको लागि कम्तिमा स्नातकोत्तर गरि बैंकिङ क्षेत्रमा न्युनतम ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। त्यस्तै रिलेसनसिप म्यानेजर तथा अप्रसेसन इन्चार्जको लागि स्नातक गरि बैंकिङ क्षेत्रमा कम्तिमा दुर्इ वर्षको कार्यानुभव हुनु पर्नेछ। 

आवेदन कात्तिक ८ गतेसम्म बैंकको वेवसाइट मार्फत दिन सकिने छ। बैंकले स्थानीयलार्इ विशेष प्राथमिकता दिने जनाएको छ।