वीरगंजमा सस्तो मेला सुरु, २० प्रतिशत सस्तोमा सामान पाइने, चिनीको भाउ नतोक्दा स्टल राखिएन

बिजमाण्डू
२०७५ असोज २५ गते १०:२१ | Oct 11, 2018
वीरगंजमा सस्तो मेला सुरु, २० प्रतिशत सस्तोमा सामान पाइने, चिनीको भाउ नतोक्दा स्टल राखिएन

वीरगंज। वीरगंज उद्योग वाणिज्य संघले विगतझै यस वर्षको दशैं अवधिमा सस्तो बजार पसल शुरु गरेको छ। बाणिज्य संघको विर्तास्थित भवनमा सञ्चालनमा आएको पसलमा विभिन्न समान बेच्ने १२ वटा स्टल राखिएको छ।

Tata
GBIME
Nepal Life

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले सस्तो बजार पसलको उद्घाटन गरेका थिए। पसलमा बजारको भाउभन्दा २० प्रतिशत सस्तोमा दैनिक उपभोग्य समान बिक्री वितरण भइरहेको वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल केडियाले बताए।

सस्तो बजारमा मरिच ५ सय, जिरा ४ सय, धनिया १३०, खुर्सानी २ सय, सुजी र पिठो ४५ रुपैयाँ प्रति किलोका दरमा बिक्री भइरहको छ। त्यसैगरी राजहंश र निलकमलको तोरीको तेल १६०, सनफलावर १४०, सोयाविन १३० रुपैयाँ प्रति लिटरका दरले बिक्री भइरहेको छ। 

डाबर नेपालको जुस र नारायणी अगरबत्ति प्रालिको विभिन्न १२ ब्रान्डको अगरबत्ति बिक्री भइरहेको छ। आस्मी वियुटी सैलुनले पनि कस्मेटिक आइटमको समान र कपडा राखेको छ भने वुमेन्स स्किल सेन्टर वीरगंजले हातले बनाएको कपडा, ज्वेलरी, बुटिक, मिथिलाञ्चलको पेन्टिगलगायत समान बिक्री गरिरहेको स्किल सेन्टरकी अध्यक्ष चन्चला दासले बताइन्।

सस्तो बजारमा साल्ट ट्रेडिङले नुन १८ रुपैयाँ बिक्री गरिरहेको छ। चिनीको मूल्य तोक्न नसक्दा स्टल राखिएको छैन।