खाद्यले खसी र च्याङ्ग्राको मूल्य निर्धारण, खसी किलोको ५ सय रुपैयाँ र च्याङ्ग्रा ७ सय रुपैयाँ

बिजमाण्डू
२०७५ असोज २५ गते १२:५२ | Oct 11, 2018
खाद्यले खसी र च्याङ्ग्राको मूल्य निर्धारण, खसी किलोको ५ सय रुपैयाँ र च्याङ्ग्रा  ७ सय रुपैयाँ


काठमाडौं। खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ।

Tata
GBIME
Nepal Life

जिउँदो खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा सात सय रुपैयाँ किलो निर्धारण गरिएको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए।
‘खसीबोका प्रतिकिलो ५१० रुपैयाँ र च्याङ्ग्रा ७१० रुपैयाँ मूल्य प्रस्ताव गरेका छौ,‘ सापकोटाले भने, ‘किलोमा १० रुपैयाँ छुट दिएर बेच्ने भएकाले खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो सात सय रुपैयाँमा उपभोक्ताले पाउँछन्।‘

संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँमा बिक्री गरेको थियो। खसीबोकामा प्रतिकिलो ४५ रुपैयाँ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य वृद्धि भएको छ।कलंकीस्थित खसीबजारमा भने खसीबोका प्रतिकिलो ५ सय १० रुपैयाँ देखि ५ सय ४० रुपैयाँ सम्म कारोबार भइरहेको छ। च्याङ्ग्राको मूल्य भने ७ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको काठमाडौं चौपाया खरिद बिक्रि केन्द्रका निर्देशक जीवनराज खतिवडाले बताए।

कलंकीस्थित खसी बजारमा गतवर्ष संस्थानले बिक्री गर्दा खसीबोका प्रतिकिलो ४ सय ९० रुपैयाँमा बिक्री गरेपनि अन्तिममा ५ सय ५० रुपैयाँ सम्ममा बिक्रि गरेको थियो। च्याङ्ग्रा भने प्रतिकिलो  सात सय रुपैयाँ देखि ८ सय रुपैयाँ सम्ममा बिक्री गरिएको थियो।संस्थानले एक हजार च्याङ्ग्रा र एक हजारनै खसीबोका ल्याएर बिक्री गर्न थालेको हो। बजार मूल्य निर्धारण गरेपनि संस्थानले बिक्री वितरण भने असोज २६ गतेदेखि मात्रै सुरु गर्ने सापकोटाले बताए।