सानिमा लाइफको राजधानीमा तीन नयाँ शाखा, बीमाको पहुँच बढाउने लक्ष्य

बिजमाण्डू
२०७५ असोज २५ गते १३:३३ | Oct 11, 2018
सानिमा लाइफको राजधानीमा तीन नयाँ शाखा, बीमाको पहुँच बढाउने लक्ष्य

काठमाडौं। सानिमा लाईफ इन्स्योरेन्सले देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याउन भन्दै तीन नयाँ शाखा थप गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले चावहिलको चुच्चेपाटी, तीनकुने र सुन्धारामा शाखा खोलेको हो। शाखाको उद्घाटन कम्पनीका संचालक घनश्याम थापा, जीवा लामिछाने र सदभावना दुत कलाकार स्वस्तिमा खड्काले संयुक्त रुपमा गरेका छन्। 

कम्पनीका नायव महाप्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाइ, प्रमुख वित्त अधिकृत आर्यकरन्जन बराल, बरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ कार्यक्रममा उपस्थित थिए।