दुर्इ कम्पनीले दिए आइपिओ निष्काशन गर्न बोर्डमा निवेदन, स्वाबलम्बन र युनियनको आवेदन

बिजमाण्डू
२०७५ असोज २५ गते १५:२४ | Oct 11, 2018
दुर्इ कम्पनीले दिए आइपिओ निष्काशन गर्न बोर्डमा निवेदन, स्वाबलम्बन र युनियनको आवेदन


काठमाडौं। स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था र युनियन हाइड्रोपावरले प्राथमिक शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। स्वाभिमानले एक करोड ८० लाख रुपैयाँ र युनियन हाइड्रोपावरले ३५ करोड ३४ लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भएका हुन्। 

Tata
GBIME
Nepal Life

स्वाभिमान माइक्रोफाइनान्सले गत भदौमा प्रथम वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। नेपाल धितोपत्र बोर्डमा निवेदन दिए पनि अहिलेसम्म क्रेडिट रेटिङ गराएको छैन। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार संस्थाको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ। 

संस्थाले एक करोड ८० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेपछि जम्मा चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ। यसमा सर्वसाधारणको हिस्सा ३० प्रतिशत र संस्थापको हिस्सा ७० प्रतिशत पुग्नेछ। 

गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार जगेडा कोष २६ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। जगेडा ऋणात्मक रहेपनि गत वर्ष २ लाख ५५ हजार रुपैयाँ नाफा गरेको छ। 

त्यस्तै युनियन हाइड्रोपावरले प्रभावित क्षेत्रबा बासिन्दाले खरिद नगरेको ६ लाख २१ हजार कित्ता सहित जम्मा ३५ लाख ३४ हजार कित्ता आइपिओ सर्वसाधारणको लागि निष्काशन गर्न अनुमति माग गरेको हो। 

सबैभन्दा खराव रेटिङ 'इक्रा एनपि आइपिओ ग्रेड ५' पाएको कम्पनीले गत साउनमा प्रभावित क्षेत्रका लागि ७ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेकोमा जम्मा ६ लाख २१ हजार कित्ता बिक्री भएको थिएन। क्रेडिट रेटिङ एजेन्सीका अनुसार कम्पनीको प्राथमिक पूँजीमा गरिएको लगानी फिर्ता पाउन ९ वर्ष भन्दा धेरै समय लाग्नेछ। 

प्रति मेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ रहेको छ। तीन मेगावाट क्षमताको उक्त आयोजनाको जम्मा लागत ७९ करोड ५० लाख रुपैयाँ रहेको छ।