.jpg)
बैंकहरुले सहमति अनुसार संस्थागत मुद्दतिमा ९ प्रतिशत र ब्यक्तिगत १० प्रतिशत सार्वजनिक गरेका छन्। राष्ट्र बैंकको नियम अनुसार संस्थागतमा बैंकहरुले प्रकाशितभन्दा एक प्रतिशत बिन्दु बढी दिन सक्छन् भने ब्यक्तिगतमा आधा प्रतिशत बिन्दु बढी दिन सक्छन्।
शुक्रवार जारी गरेको सूचना अनुसार एनआर्इसी एशिया, सिभिल, लक्ष्मी, कुमारी, नविल, हिमालयन, प्रभु, सेञ्चुरी बैंकलगायतले भद्र सहमति अनुसारकै ब्याज प्रकाशित गरेका हुन्।
कृषि विकास, नेपाल बंगलादेश, एनसिसी बैंक र एनएमबी बैंकहरुले न्यूनतम ३ देखि ६ महिनाको लागि भने ८.५० देखि १० प्रतिशतसम्म दिने जनाएका छन्। त्यस्तै कल डिपोजिटको लागि भएको भद्र सहमतिलार्इ पनि कार्यान्वयन गरेका छन्। बैंकहरुले बचतको व्याजदर अधिकतम ७ प्रतिशतसम्म दिने सूचना जारी गरेका हुन्।
भद्र सहमति कार्यान्वयन गर्दै बैंकहरुले नयाँ ब्याज सार्वजनिक गरे, संस्थानलाई ९, व्यक्तिगत १०% को लागी २ प्रतिक्रिया(हरु)
khatam[ 2018-10-12 03:23:43 ]
Yesari ekai choti 2 % intrest ghatayapachi kasle rakxa bank ma paisa.
khatam[ 2018-10-12 03:21:19 ]
Yesari ekai choti 2 % intrest ghatayapachi kasle rakxa bank ma paisa.