बुटबलको मेलामा मार्सी चामलको माग उच्च, आयोजकले पुर्याउनै सकेनन्, कालो चामल पनि बिक्री

बिजमाण्डू
२०७५ असोज २८ गते १२:२० | Oct 14, 2018
बुटबलको मेलामा मार्सी चामलको माग उच्च, आयोजकले पुर्याउनै सकेनन्, कालो चामल पनि बिक्री

रुपन्देही। बुटवलमा जारी तेस्रो राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा  व्यापार मेलामा अन्य सामाग्रीभन्दा  बढी खाध्यन बिक्री भएको छ। 

Tata
GBIME
Nepal Life

मेलामा  २१ टनभन्दा वढि चिनी,  २ टन  मार्सि चामल,  १२ टन  जुम्लाको आलु,  ११ टन जुम्लाको स्याउ विक्रि भईसकेको छ। 

माग बढेका कारण मार्सी चामलको स्टक सकिएको आयोजकले बताएका छन्। मेलामा  सिमी ३ टन, जिम्वु, ओखर, कालो चामल, घिउ, कदकनाथ, कालो कुखुरा, लोकल कुखुराको माग अत्याधिक रहेको आयोजक समितिका अध्यक्ष प्रविण पाठकले बताए। 

मेलामा अस्ट्रिजको मासु विक्रिको लागि राखिएको छ। प्रर्दशनीमा १० दिनसम्म करिव १९ करोडको कारोवार भएको आयोजक समितिका संयोजक प्रविण पाठकले जानकारी दिए। अटो, गार्मेण्ट, फुटवेयरको पनि राम्रो कारोबार भएको छ।