आशा लघुवित्तको दोस्रो साधारणसभा सम्पन्न, कर्जाको गुणस्तर र ब्यवसायको दायरा विस्तार गर्न सुझाव

बिजमाण्डू
२०७५ असोज २८ गते १३:४१ | Oct 14, 2018


काठमाडौं। आशा लघुवित्त वित्तीय संस्थाले दोश्रो साधारणसभा सम्पन्न गरेको छ ।

Tata
GBIME
Nepal Life

सभामा संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७४/७५ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे जानकारी दिए।

उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमबारे पनि बताएका थिए।

साधारण सभाले आर्थिक वर्ष २०७४/७५को वित्तीय विवरणहरु पारित गरेको छ ।  

संस्थापक अध्यक्ष रामबहादुर पाण्डेले संस्थाको कारोबार वृद्धि सँगै कर्जाको गुणस्तरीयतामा जोड दिनुपर्ने सुझाव दिए।

सभामा संस्थाका पूर्व अध्यक्ष रामेश्वर सापकोटाले अब संस्थाले व्यावसायिक दायरालाई अझ विस्तार गरी रेमिटेन्स तथा बीमा सम्बन्धी क्रियाकलापलाई अघि बढाउन सुझाव दिए।

साधारणसभाले आर्थिक वर्ष २०७५/७६ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा के.जे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्सलाई नियुक्तिको प्रस्ताव पारित गरेको छ ।

२०७३ भाद्र १५ गतेदेखि कारोबार शुरु गरेको संस्थाको २०७५ असार मसान्तसम्ममा १ अर्ब २७ करोड कर्जा लगानीमा रहेको छ। यसैगरी संस्थाले २५ करोड ७२ लाख निक्षेप संकलन रहेको प्रमुखकार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिए।

संस्थाले आर्थिक वर्ष २०७५/७६मा १ करोड १० लाख नाफा आर्जन गरेको जनाएको छ ।