सिटीसी मोबाइल हबमा बढ्यो भिड, ६० प्रतिशतसम्म छुट अफर, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी पनि

बिजमाण्डू
२०७५ असोज २८ गते १३:४९ | Oct 14, 2018


काठमाडौं। राजधानीको सुन्धारामा केही दिन पहिले सञ्चालनमा आएको सिटीसी मोबाइल हबमा मोबाइल किन्नेको भिड लागेको छ ।

Tata
GBIME
Nepal Life

मोबाइल हबको सुरुवातका साथै दशैं लक्षित धमाका अफरमा मोबाइल किन्नेहरुको भिड छ।  मोबाइल हबले ६० प्रतिशतसम्मको छुटमा विभिन्न ब्राण्डका मोबाइलहरु बिक्री गरिरहेको  जनाएको छ ।

दशैँ धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिने अफर राखिएको बताइएको छ।

साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको छ । हात खाली नजाने उपहारका कारण पनि मोबाइल मेलामा भिड देखिएको हो ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा अफर मेलाको अर्को आकर्षण बनेको छ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण भैरहेको छ ।

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् । मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था रहेको जनाएको छ ।

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा  बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध रहेको बताइएको छ।