नेपाल बैंकको सहयोग नवकिरण अनाथलाई, तीन लाखको चेक हस्तान्तरण

बिजमाण्डू
२०७५ असोज २८ गते १४:४८ | Oct 14, 2018

काठमाडौं। नेपाल बैक लिमिटेडले नवकिरण अनाथ असाहाय वाल उत्थान समाज धापाखेल ललितपुरलाई ३ लाख नगद सहयोग प्रदान गरेको छ। 

Tata
GBIME
Nepal Life

सहयोग राशीको चेक बैकका अध्यक्ष जनार्दन शर्मा आचार्यले समाजका संस्थापक अध्यक्ष तथा संरक्षक साईमाता सावित्री देवी पोखरेललाई हस्तान्तरण गरेका छन्।

बैकको संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत दशैको अवशरमा अनाथ समाजद्वारा आयोजित शुभकामना आदान प्रदान, चेक हस्तानान्तर तथा विविध आध्यात्मिक कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए।