इजिलिंकको ब्राण्ड एम्बास्डरमा रबि लामिछाने नियुक्त, अस्पताल बनाउन यस्तो रणनीति

बिजमाण्डू
२०७५ असोज २८ गते १७:२९ | Oct 14, 2018
इजिलिंकको ब्राण्ड एम्बास्डरमा रबि लामिछाने नियुक्त, अस्पताल बनाउन यस्तो रणनीति

काठमाडौं। इजीलिंक रेमिट्यान्स कम्पनीले पत्रकार रबि लामिछानेलाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ। 

Tata
GBIME
Nepal Life

नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन देखाएको पेशागत इमान्दारिता र निष्ठाको कदर गर्दै आफ्नो ब्राण्ड एम्बास्डर घोषणा गरेको कम्पनीले जनाएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले रेमिट्यान्सको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी  गर्न प्रोत्साहन मात्र नगरी बिभिन्न रोजगार सम्बन्धि निःशुल्क रोजगारमुलक सेमिनारहरुमा  पनि योगदान गर्दै आएको जानकारी दिए। 

जापान र कोरियाबाट कम्पनीमार्फत पठाइएको रकमबाट पठाउने व्यक्तिको नाममा १०० रुपैयाँ कर्णालीको कालिकोटमा बन्दै गरेको अस्पतालको खातामा जम्मा गरिने कुरा पनि पत्रकार सम्मेलनमा अर्यालले जानकारी दिए।