ग्लोबल आइएमइ बैंकको रोल्पाको घर्तिगाउँमा एक्सटेन्सन काउन्टर, ठमेलमा एटिएम थप्यो

बिजमाण्डू
२०७५ असोज २८ गते १८:०३ | Oct 14, 2018
ग्लोबल आइएमइ बैंकको रोल्पाको घर्तिगाउँमा एक्सटेन्सन काउन्टर, ठमेलमा एटिएम थप्यो

काठमाडौं। ग्लोबल आइएमई बैंकले रोल्पाको माडी गाँउपालिका वडा नं २, घर्तिगाँउमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ। 

Tata
GBIME
Nepal Life

माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको बैंकले जनाएको छ। 

बैंकले काठमाण्डौको ठमेलका थप एउटा एटिएम विस्तार गरेको छ। विस्तारित एटिएम सेवासँगै बैंकको एटिएम संख्या १४० पुगेको छ।

बैंकका १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय छन्।