हुन्डाइका गाडीलाई राजमार्गमा फ्रि चेकअप क्याम्प, ९ ठाउँमा पाइने छ सेवा

बिजमाण्डू
२०७५ असोज २८ गते १८:१८ | Oct 14, 2018
हुन्डाइका गाडीलाई राजमार्गमा फ्रि चेकअप क्याम्प, ९ ठाउँमा पाइने छ सेवा

काठमाडौं। नेपालको लागि हुन्डाइ गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाइ हाइवे एस्युरेन्स ू आयोजना गरेको छ।

Tata
GBIME
Nepal Life

हुन्डाइका गाडिहरुको फ्रि चेकअप क्याम्प आयोजना गरेको हो। योजना अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाइ गाडीको चेकअप क्याम्प स्थापना गरेको छ। 

दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले हुन्डाइ गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको क्याम्पमा आवश्यक लुब्रिकेन्ट तथा कुलेन्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ। 

कम्पनीले राजमार्गका बिर्तामोड, इटहरी, जनकपुर (ढल्केबर), सिद्धार्थ रिसोर्ट (चुम्लिङटार, कुरिनटारबाट ५ किमी उत्तरतर्फ), भरतपुर (बालमन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) मा क्याम्प स्थापना गरेको छ। क्याम्प २९ गतेदेखि ३१  गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।