दशैं बिदामा चन्द्रागिरि केवलकार खुल्लै रहने, दशमीका दिन पनि बिहान १० देखि ५ बजेसम्म खुला

बिजमाण्डू
२०७५ असोज २९ गते १६:३४ | Oct 15, 2018


काठमाडौं।  चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु दशैं विदाका सबै दिन संचालनमा रहने भएको छ।

Tata
GBIME
Nepal Life

चन्द्रागिरि हिल्स व्यवस्थापनले  प्रेस बिज्ञप्ती जारी गरी दशैं विदाका सम्पूर्ण दिनहरूमा केवलकार संचालनमा रहने बताएको हो।

दैनिक काममा व्यस्त रहने दर्शनार्थी तथा आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय गरेको चन्द्रागिरि हिल्स व्यवस्थापनले जनाएको छ।

बिज्ञप्तीमा चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको उल्लेख छ ।