दशैँको गर्जो टार्न दुई संस्थाले शेयरधनीलाई पठाइदिए बैंक खातामै नगद लाभांश, कसले दिए

बिजमाण्डू
२०७५ असोज ३० गते १४:१६ | Oct 16, 2018


काठमाडौं।दशैँ अघिनै दुई संस्थाले आफ्ना शेयरधनीलाई नगद लाभांश खातामा पठाइदिने भएका छन्।

Tata
GBIME
Nepal Life

आइसिएफसी फाइनान्स र फर्स्ट माइक्रोफाइनान्सले आफ्ना शेयरधनीलाई दशैँअघि नै बैंक खातामा नगद लाभांश पठाइदिने भएका हुन्।

दुबै संस्थाले दशैँ अघि नै नगद पठाइदिएसँगै शेयरधनीलाई दशैँ मनाउन केही  सजिलो हुने भएको छ।

आइसिएफसी फाइनान्सले भदौ २६ गते सम्म बैंक खाता अद्यावधिक गरेका शेयरधनीको खातामा आठ प्रतिशत नगद लाभांश पठाएको जनाएको छ।

फाइनान्सको गत असोज नौ गते सम्पन्न भएको १५ औं साधारणसभाले लाभांश पारित गरेको थियो। बुक क्लोजपछि अद्यावधिक गरिएका खाताका हकमा समेत लाभांश पठाएको फाइनान्सले जनाएको छ।

खाता अद्यावधिक नगरेका र शेयर अभौतिक नगरिएका शेयरधनीलाई चाँडै खाता अद्यावधिक गर्न समेत फाइनान्सले सूचित गरेको छ।

फर्स्ट माइक्रोफानान्सले असोज १६ गतेसम्म बैंक खाता अद्यावधिक गरेका शेयरधनीको खातामा १२.६३ प्रतिशत नगद लाभांश पठाएको जनाएको छ।

फाइनान्सको गत असोज २७ गते सम्पन्न भएको ९ औ साधारणसभाले लाभांश पारित गरेको थियो।

बुक क्लोजपछि अद्यावधिक गरिएका खाताका हकमा समेत लाभांश पठाएको फाइनान्सले जनाएको छ।

खाता अद्यावधिक नगरेका र शेयर अभौतिक नगरिएका शेयरधनीलाई छिटो गर्न फाइनान्सले पनि सूचित गरेको छ।