उर्जाको विकासबाट मात्रै देशको रुपान्तरण हुने उर्जामन्त्रीको भनाई, चीनलाई लगानी गर्न आग्रह

बिजमाण्डू
२०७५ असोज ३१ गते १४:४१ | Oct 17, 2018


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
मन्त्री पुनले उर्जाको बिकासबाटै नेपालको सामाजिक आर्थिक रुपान्तरण हुने धारणा राखे।

Tata
GBIME
Nepal Life

नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरबारे हालै चीनमा सम्पन्न छलफलमा उर्जामन्त्री पुनले दश वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न नेपाललाई बैदेशिक लगानी आवश्यक भएको बताए।

उनले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह समेत गरे।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा चिनियाँ लगानी भित्र्याउन आफू निरन्तर क्रियाशील रहेको बताए।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव, नेपाल र चीनको निजी क्षेत्रका उद्यमी, व्यवसायी, गैरआवासीय नेपाली सङ्घ, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ, एशियाली पूर्वाधार, लगानी बैंक, जलविद्युत् लगानी तथा विकास बोर्ड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलगायतका प्रतिनिधिहरु सहभागी रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।