क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ: चलाउन जाने श्रीखण्ड, पाँच कुरा नजाने ऋणको जालोमा पर्नुहुन्छ

बिजमाण्डू
२०७५ कात्तिक १ गते १०:५३ | Oct 18, 2018
क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ: चलाउन जाने श्रीखण्ड, पाँच कुरा नजाने ऋणको जालोमा पर्नुहुन्छ


क्रेडिट कार्डलाई विचार नपुर् याइ प्रयोग गर्नु हुँदैन । नभए तपाई सजिलै ऋणको जालमा पर्नु हुने छ । त्यही भएर क्रेडिट कार्डलाई धेरै नै समझदारी पूर्ण स्वाप गर्नु पर्छ । हामी तपाईलाई केही टिप्स दिन्छौं जसले क्रेडिट कार्ड प्रयोग गर्न तपाईलाई सजिलो हुनेछ ।

Tata
GBIME
Nepal Life

आफ्नो बजेटमा टिकिरहनुस्
क्रेडिट कार्ड प्रयोग गर्न धेरै सजिलो छ त्यही भएर धेरैले यसलाई आवश्यकताभन्दा वढी प्रयोग गर्छन् । तपाई क्रेडिट कार्डबाट त्यति नै खर्च गर्नुस जति तपाईको क्षमताले भ्याउँछ । तपाई क्रेडिट कार्डबाट मासिक कति खर्च गर्ने भनेर एउटा सीमा तय गर्नुस् । यस्तो सीमा क्रेडिट कार्डबाट खर्च गर्न सकिने पुरै रकमको आधाभन्दा वढी हुनु हुँदैन । तपाई क्रेडिट कार्ड एकाउन्टसँगै आफ्नो मोवाइल नम्बर पनि रजिस्टर गराउनुस् । तपाईले खर्च गरेको रकम मोवाइलमा एसएमएस आउने छ । जसले तपाईको खर्च सीमाका बारेमा तपाईलाई जानकारी गराई रहन्छ ।

पुरै बिलको भुक्तानी गर्नुस्
हरेक महिना क्रेडिट कार्डको बिल आउँछ । यसलाई कार्ड स्टेटमेन्ट पनि भनिन्छ । यो बिल भुक्तानी समयमा नै गर्नुस् । नभए तपाईले जरिवाना शुल्क तिर्नु पर्ने हुन्छ । नगद भुक्तानीका साटो इन्टरनेट बैंकिङको मार्फत पैसा तिर्नुस् । समयमा भुक्तानी नगर्नाले तपाईले ठूलै रकम व्याज तिर्नु पर्ने हुन्छ ।

ऋण सीमा नवढाउनुस्
बैंक तपाईको आम्दानीका आधारमा ऋणको सीमा बढाउन प्रस्ताव गर्न सक्छ । यदि तपाईले सीमा बढाउनु भयो भने पहिलेभन्दा वढी खर्च गर्न प्रेरित हुनु हुने छ । कम्तिमा एक वर्षका लगि ऋण सीमा बढाउँदै नवढाउनुहोस् । बैंकले त तपाईलाई सीमा बढाउन प्रेरित गर्न सक्छ । उसको त कामै त्यही हो । तर प्रेरित हुनुअघि आफ्नो गोजी हेर्नुस् । तपाई पहिले तय गरेको सीमा अनुसार नै क्रेडिट कार्डको प्रयोग गर्नुस् । यो सीमासम्म पुगेपछि नगद कारोबारमा ध्यान दिनुस् ।

कार्ड  सुरक्षित गर्नुस्
क्रेडिट कार्डको सुचनाहरु कसैलाई पनि जानकारी नदिनुस् । कार्डको पछाडि लेखिएको सिबिबीको जानकारी त झन् कसैलाई दिँदै नदिनुस् । तपाई आफ्नो कार्ड प्रयोग गर्न कसैलाई पनि नदिनुस् । क्रेडिट कार्ड प्रयोग गर्दा लाग्ने खर्च तपाईले नै भुक्तानी गर्नु पर्ने हुन्छ । यदि तपार्य कार्ड कतै स्वाप गर्दै हुनु हुन्छ भने सेस्स पस्रनलाई अलि वढी ध्यान दिनुस् । उसले तपाईको कार्डको जानकारी चोरिरहेको हुनु सक्छ । अनलाईन पेमेन्ट गर्दा विश्वसनिय वेवसाइट नै प्रयोग गर्नुस् ।

पैसा निकाल्न प्रयोग नगर्नुस्
क्रेडिट कार्डको प्रयोग बैंक या एटिएमबाट पैसा निकाल्न प्रयोग नगर्नुस् । जुन पैसा तपाई निकाल्नु हुन्छ त्यसलाई क्यास एडभान्स भनिन्छ । यसमा तपाईले भारी ब्याज तिर्नु पर्ने हुन्छ । यो ब्याज पैसा झिकेदेखि नतिरेसम्म लाग्छ । यस्तो कारोबारमा ग्रेस पिरियड पनि हुँदैन । तर खरिद गर्ने खालको कारोबारमा भने यस्तो पिरियड हुन्छ । एडभान्समा कारोबार शुल्कसमेत लाग्छ । यो पनि महँगो हुन्छ । यस्तो विकल्पको प्रयोग भनेको एकदमै आवश्यकता पर्दा मात्र गर्ने हो । एजेन्सी