भारत: रिलायन्स जियोको त्रैमासिक नाफा ६८१ करोड, सञ्चालनको २५ महिनामा जोडिए २५ करोड ग्राहक

बिजमाण्डू
२०७५ कात्तिक १ गते ११:०५ | Oct 18, 2018
भारत: रिलायन्स जियोको त्रैमासिक नाफा ६८१ करोड, सञ्चालनको २५ महिनामा जोडिए २५ करोड ग्राहक


मुम्बई। भारतका अन्य टेलिकम कम्पनीको घाटा बढिरहेको बेला बजारमा नयाँ आएको मुकेश अम्बानीको टेलिकम कम्पनी रिलायन्स जियोले दोस्रो त्रैमासमा ठूलो मुनाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६८१ करोड भारु खुद मुनाफा गरेको इकोनोमिक टाइम्सले जानकारी दिएको छ।

अघिल्लो त्रैमासमा कम्पनीले ६१२ करोड भारु खुद मुनाफा गरेको थियो। यो त्रैमासमा कम्पनीले तीन करोड ७० लाख ग्राहक बढाएको छ। अघिल्लो त्रैमासमा यो दुई करोड ८७ लाख थियो।

सेवा सुरु गरेपछि ग्राहक आधार बढाइरहेको जियोले अहिलेसम्म २५ करोडभन्दा बढी ग्राहक बनाइसकेको छ। कम्पनीले २५ महिना अघि मात्रै सेवा सुरु गरेको हो। पछिल्लो १२ महिनामा मात्रै कम्पनीले ११ करोड ४० लाख ग्राहकलाई आफ्नो नेटवर्कमा जोडेको छ।