मलेसियाका पूर्वगृहमन्त्री जाहिदी भ्रष्ट्राचार आरोपमा पक्राउ, नेपालसँग पनि कनेक्शन

बिजमाण्डू
२०७५ कात्तिक २ गते १४:२३ | Oct 19, 2018
मलेसियाका पूर्वगृहमन्त्री जाहिदी भ्रष्ट्राचार आरोपमा पक्राउ, नेपालसँग पनि कनेक्शन


मलेसियाको भ्रष्ट्राचार नियन्त्रण गर्ने संस्था (मलेसिया एन्टि क्रप्शन कमिशन) एमएसिसिले त्यहाँका पूर्वगृहमन्त्री अहमद जाहिदी हमिदीलाई पक्राउ गरेको छ। विहिवार पक्राउ परेका हमिदीमाथि ४५ वटा आरोप लगाइएको छ, तीमध्ये केही आरोप नेपालसँग पनि जोडिएका छन्।

Tata
GBIME
Nepal Life

मलेसियाको प्रतिपक्षी दल युएमएनओका अध्यक्ष समेत रहेका हमिदीमाथि लगाइएको १६ ‌औं नम्वरको आरोप नेपालसँग जोडिएको छ। गृहमन्त्री रहँदा ३ अगस्ट २०१७ मा हमिदीले प्रोफाउण्ड रेडियन्स एसडिएन बिएचडिका निर्देशक अजलान साह जफरिलसँग तीन लाख रिंगिट (८५ लाख रुपैयाँ) 'घुस' लिएका थिए। प्रोफाउण्ड रेडियन्सले नेपाल र पाकिस्तानमा कामदारको भिजा प्रोसेस गर्ने वान स्टप सेन्टर सञ्चालन गर्छ।

यही कम्पनीसँग उनले ९ जनवरी २०१८ मा दश लाख रिंगिट (दुई करोड २८ लाख रुपैयाँ), १५ मार्च २०१८ मा सात लाख रिंगिट (दुई करोड रुपैयाँ) लिएको मलेसियाको अनलाइन मलेसियाकिनीले लेखेको छ

केही महिना अघि मलेसियाका लागि वान स्टप सेन्टर सञ्चालन गर्ने राम श्रेष्ठलाई पनि नेपालमा पक्राउ गरिएको थियो। तर अदालतको आदेशपछि उनी रिहा भएका थिए।

त्यसवाहेक जाहिनदीलाइ भ्रष्ट्राचार तथा सम्पत्ती शुद्धिकरणसम्वन्धि मुद्दा समेत लगाइएको छ। उनीमाथि शक्तिको गैरकानुनी प्रयोगसम्वन्धि आरोप समेत लगाइएको छ।