चीनले यसरी गर्दैछ बिजुलीको बचत, २ वर्षभित्र शहरै उज्यालो पार्नेगरी कृत्रिम चन्द्रमा तयार हुँदै

बिजमाण्डू
२०७५ कात्तिक ३ गते १३:५३ | Oct 20, 2018


बेइजिङ। चीनले आफ्नो शहरी क्षेत्रबाट सडक बिजुली हटाउने तथा बिजुलीको  बचत गर्ने उद्देश्यले कृत्रिम चन्द्रमा बनाउने भएको छ। सन् २०२० सम्ममा चीनले आफ्दै कृत्रिम चन्द्रमा बनाउने चाइना डेलीले जनाएको छ।

Tata
GBIME
Nepal Life

दक्षिण पश्चिमी सिचुआन प्रान्तको चेंगदु शहरलाई उज्यालो पार्न चीनले यस्तो उपग्रह विकास गरिरहेको हो। यो चन्द्रमा वास्तविक चन्द्रमा जस्तै चम्किलो हुने बताइएको छ।

यस परियोजनामा काम गरिरहेको तियान फु न्यू एरिया साइन्स सोसाइटीका प्रमुख चुन फेङका अनुसार यो पहिलो मानव निर्मित चन्द्रमा हुनेछ जुन प्रक्षेपण सफल भएमा सन् २०२२ सम्ममा तीनवटा थप यस्तै चन्द्रमाहरु पनि प्रक्षेपण हुनेछन्।

सूर्यको प्रकाशबाट चम्किने यो उपग्रह यदि ५० वर्गकिलोमीटरसम्म प्रकाश दिन सक्षम भएको खण्डमा शहरी क्षेत्रको सडक बत्तीहरु बिस्थापित हुनेछन्।

यसबाट चीनलाई वर्षेनी १७ करोड डलर बचत हुने बताइएको छ।