बैंकलोन लिएर घर किन्न चाहनुहुन्छ? यस्तो छ ब्याजदर र कर्जा प्रक्रिया, दश कागजपत्र तयार पार्नुस्

बिजमाण्डू
२०७५ कात्तिक ३ गते १६:०४ | Oct 20, 2018
बैंकलोन लिएर घर किन्न चाहनुहुन्छ? यस्तो छ ब्याजदर र कर्जा प्रक्रिया, दश कागजपत्र तयार पार्नुस्


दशैंतिहारमा घर किन्न खोज्दै हुनु हुन्छ? हिजोआज बैंकले घर खरिदकर्ताकालागि आकर्षक स्किम ल्याउन थालेका छन् ।

Tata
GBIME
Nepal Life

नयाँ घर किन्न वा बनाउन बैंकहरूले ५० वर्षसम्ममा साँवा–ब्याजको किस्ता तिर्न मिल्ने कर्जा योजना ल्याइरहेका छन् । यसअघि अधिकतम चुक्ता अवधि ३५ वर्षसम्म भएको आवास कर्जा योजना आएको थियो ।

जग्गा मात्रै किन्ने भए पनि बैंकले ऋण दिन्छन् । बैंकहरूले घर मर्मतदेखि सजावटका लागि पनि ऋणको स्किम ल्याएका छन् ।

केही आफूले कमाएको र अलिअलि ऋण लिएर घरजग्गा किन्ने योजनामा हुनुहुन्छ भने त्यसका लागि तपाईंले केही तयारी भने पहिले नै गरिसक्नुपर्छ । त्यसपछि बैंक जाँदा छिटो र सजिलोसँग कर्जा पाइनेछ ।

कर्जा प्रक्रियाका लागि बैंक पुग्नुअघि १० वटा कागजपत्र तयार पार्नुस्

घर किन्नका लागि सबैभन्दा पहिले चाहिने कागजात भनेको जग्गाको लालपुर्जा हो । लालपुर्जासँगै तिरो तिरेको रसिद ९जुन वडा कार्यालयमा पाइन्छ०, निर्माण इजाजत, घरको नक्शापास भएको कागजात पनि बैंकले खोज्छ ।

यस्तै, बैंकलाई ब्लू प्रिन्ट र ट्रेस म्याप पनि बुझाउनुपर्छ । तयारी घर किन्न लागेको भए निर्माण सम्पन्न प्रमाणपत्र पनि चाहिन्छ । त्यसपछि बैकले खोज्ने कागजात ऋण लिने र ग्यारेन्टी बसिदिने व्यक्तिको नागरिकताको फोटोकपी हो ।

पासपोर्ट साइजका केही फोटो त जेमा पनि लाग्छ अचेल । बैंकले घर बनाउने वा किन्ने कर्जाका लागि त झन् खोज्छ नै । त्यसपछि तपाईंले बुझाउनुपर्छ– आम्दानीको प्रमाणपत्र ।

तपाईं कति कमाउनुहुन्छ भन्ने विवरण आफूले कम गर्ने कम्पनी वा संस्थाबाट लैजानुपर्छ । तपाईंले लगेको विवरणमा बैंकले अझै पनि चित्त बुझाउँदैन । उसलाई आश्वस्त पार्न तपाईंको ६ महिनाको बैंक स्टेटमेन्ट पनि चाहिन्छ ।

यी पूर्वतयारीपछि बैंकमा जाँदा सजिलै ऋण पाइन्छ । ब्याज दरमा मोलमोलाई गर्न पनि सजिलो हुन्छ । अहिले बैंकहरूले आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर आवास कर्जा दिइरहेका छन् ।

कर्जा तिर्ने आधार गत्तिलो भए प्रिमियम ब्याजदर मा तपाईंले मोलमोलाई गर्न सक्नुहुन्छ । सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन सकिन्छ ।

आफ्नोतर्फबाट सबै कागजपत्र पु¥याएपछि लाज नमानी बैंकसँग ब्याज दरको बार्गेनिङ गर्नुस् । बैंकले हामीलाई घर बनाउन ऋण दिएबापत कुनै गुन लगाएको होइन । हामीले तिरेको ब्याजकै कारण उसले नाफा गर्ने हो, उसको व्यापार चल्ने हो ।

बैंकले तपाईंले राख्न चाहेको धितोको मूल्याङ्कन गर्छन् । प्रचलित बजार मूल्य र सरकारी मूल्याङ्कनको भारित औसतका आधारमा धितो राख्न खोजेको सम्पत्ति अर्थात घर र जग्गाको फेयर मार्केट भ्यालुु निकाल्छ बैंकले । सोपछि त्यसको ४० देखि ५० प्रतिशतसम्म मात्र ऋण दिन्छन् । तपार्इंको आम्दानी निश्चित र नियमित छ भने चुक्ता गरिसक्छु भन्ने लागेको मितिभन्दा एक–दुई वर्ष बढी अवधिको ऋण लिनुस् ।

बीचमा तपाईंसँग पैसा भइहालेमा कर्जा अवधिभन्दा अगाडि नै बैंकको ऋण तिर्दा हुन्छ । अग्रिम ऋण तिर्दा बैंकले ग्राहकसँग अतिरिक्त शुल्क लिन पाउँदैनन् । यससम्बन्धमा राष्ट्र बैंकले प्रस्ट व्यवस्था गरेको छ ।

मानौं, घर किन्न तपार्इंलाई एक करोड रुपैयाँ चाहियो । तपाईंले २० वर्षमा तिर्ने लक्ष्य लिनुभएको छ । मासिक किस्ता ईएमआई कति रकम तिर्नुपर्छ भनेर सजिलै निकाल्न सकिन्छ । यसका लागि स्मार्ट फोनमा कुनै ईएमआई क्यालकुलेटर एप्लिकेशन डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

बैंकहरूको वेबसाइटमा पनि इएमआई क्यालकुलेटर राखेको हुन्छ । त्यहाँ तपार्इंले मासिक किस्ताको हिसाब निकाल्न सक्नुहुन्छ । जस्तै, एक करोड ऋण २० वर्षसम्मका लागि १२ प्रतिशत ब्याज दरमा लिने हो भने मासिक किस्ता एक लाख १० हजार १०९ रुपैयाँ पर्न आउँछ । ब्याज दर तलमाथि भएमा किस्ता रकम थपघट हुन्छ ।

तपार्इंसँग बीचबीचमा आम्दानी बढ्यो भने कर्जा अवधिलाई घटाउन पनि सक्नुहुन्छ । वा अलिक बढी रकम भए त्यो तिरिदिएर बाँकी ऋणको ब्याज र किस्ता पनि तिर्न पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरिदिएको छ ।

खरिद गर्ने घरजग्गा पुरुषका नामका दर्ता गर्ने हो भने सरकारी कार्यालयमा रजिष्ट्रेशन शुल्कलगायत केही महँगो पर्छ । तर श्रीमती, आमा, छोरीका नाममा किन्नुभएमा सरकारले यसमा निश्चित प्रतिशत छुट पनि दिन्छ ।

केही बैंकले महिलाकै लागि भनेर घर कर्जा डिजाइन गरेका छन् । यसमा उनीहरूले ब्याज दरमा केही सहुलियतदेखि सेवा शुल्क पनि कम लिने गरेका छन् ।

(प्रोपर्टी मासिकबाट)