तीन वर्ष अगाडिका महँगा ५ बैंकको मूल्य ४००% बढीले झर्‍यो, १८८१ को उचाइ खोज्दै लगानीकर्ता

बिजमाण्डू
२०७५ कात्तिक ३ गते १६:३८ | Oct 20, 2018
तीन वर्ष अगाडिका महँगा ५ बैंकको मूल्य ४००% बढीले झर्‍यो, १८८१ को उचाइ खोज्दै लगानीकर्ता



काठमाडौं। नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको नीति ल्याएपछि शेयर बजारमा उछाल आयो। त्यसबेला कतिपय बैंकको शेयर मूल्य ४ हजार रुपैयाँ हाराहारीसम्म पुग्यो।

Tata
GBIME
Nepal Life

तीन आर्थिक वर्ष अगाडिको बजार मूल्यको तुलनामा चालु आर्थिक वर्षमा ४०० प्रतिशत भन्दा धेरैले ती कम्पनीहरुको मूल्य घटेको छ।

आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा महँगा ५ बाणिज्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, नेपाल एसबिआर्इ बैंक र हिमालयन बैंकको बजार मूल्य ४०० प्रतिशतभन्दा धेरैले गिरावट आइसकेको छ।

मौद्रिक नीतिपछि नेप्से सूचक अधिकतम १८८१.४५ अंकसम्म पुगेको थियो। त्यसै वर्ष बजार घटेर न्यूनतम १२५२.५ अंकसम्म आयो। त्यसै वर्ष सबैभन्दा महंगा पाँच वाणिज्य बैंकको बजार मूल्य आधाले घटेको थियो।

त्यसपछिको आर्थिक वर्षमा बजार पुनः सुधार हुँदा अधिकतम १६६७.९४ अंकसम्म पुग्यो। ती कम्पनीको बजार मूल्यमा केहि सुधार देखियो। तर त्यसै वर्ष नेप्से सूचक न्युनतम ११६८.५५ अंकमा आइपुग्दा बजार मूल्य झण्डै पाँच गुणाले घट्यो।

यसै अवधिमा लगानीकर्ताले राम्रै लाभांश प्राप्त गरे। लगानीकर्ताले राम्रो बोनस शेयर प्राप्त गरेका थिए। बोनस शेयर प्राप्त गर्दा पनि दुर्इ वर्ष अगाडिको लगानी उठ्न भने सकेन।

उत्कृष्ट ५ कमर्सियल बैंकको बजार मूल्य
 

बाणिज्य बैंक

2073/74

2074/75

2075/76

अधिकतम

न्युनतम

अधिकतम

न्युनतम

अधिकतम

न्युनतम

नेप्से सूचक

1881.45

1252.5

1667.94

1168.55

1224.41

1163.94

स्ट्यार्डर्ड चार्टर्ड बैंक

3776

1800

2340

830

746

730

एभरेष्ट बैंक

3490

1615

1415

665

672

650

नविल बैंक

2466

2466

1768

925

924

900

नेपाल एसविआर्इ बैंक

2088

980

940

516

507

493

हिमालयन बैंक

1690

1690

915

572

555

555

उत्कृष्ट ५ कमर्सियल बैंकले वितरण गरेको लाभांश
 

बाणिज्य बैंक

2071/72

2072/73

2073/74

बोनस शेयर

हकप्रद शेयर

बोनस शेयर

हकप्रद शेयर

बोनस शेयर

हकप्रद शेयर

स्ट्याण्डर्ड चार्टर्ड

25

 

33.33

0

100

0

एभरेष्ट बैंक

30

0

70

0

33

33.33

नविल बैंक

30

0

30

0

30

0

नेपाल एसविआर्इ

27

0

28

0

15.42

40

हिमालयन बैंक

35

0

30

14.28

25

0

 
बोनस शेयर र हकप्रद शेयरको लोभमा लगानीकर्ता यसरी फसे

बजारमा उछाल आइरहेको वेलामा लगानीकर्ता कम्पनीले घोषणा गर्ने बोनस शेयर र हकप्रद शेयरमा आकर्षित भएका थिए। यसको लागि दोस्रो बजारबाट अधिकतम मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ता ह्वात्तै बढेका थिए।

यस अवधिमा लगानीकर्ताले हकप्रद र बोनस शेयरले मूल्य समायोजन हुने हेक्का राख्न सकेनन्। जति धेरै लाभांस र हकप्रद भयो त्यति नै अनुपातमा मूल्य समायोजन भयो।

मूल्य समायोजनसँगै शेयर बजारमा सप्लार्इ बढ्न थाल्यो। जसले गर्दा समायोजनपछि मूल्य बढ्नेभन्दा पनि घट्न थालेकोले लगानीकर्ता दिन दिनै पेनिक देखिएका हुन्।

महंगोमा किनेको शेयर सस्तोमा बेच्नुभन्दा होल्ड गर्ने लगानीकर्ता बढे। यसले गर्दा गत आर्थिक वर्ष तथा चालु आर्थिक वर्षमा कारोबार रकम पनि ह्वात्तै घट्यो।

उचित मूल्यको पर्खाइमा लागत बढ्दै

तीन वर्ष अगाडि शेयर खरिद गर्दाको लागत र त्यसमा व्याज खर्च मात्रै हिसाव गर्दा पनि लगानीकर्ता अझ धेरै पेनिक देखिन्छन्। सिधै घाटा खानुभन्दा बजार विस्तारै बढेपछि मात्रै बेच्न खोज्दा बजारमा उछाल आउन नसकेको हो।

एक चरण घाटामा रहेका लगानीकर्ता सस्तोमा शेयर खरिद गरेर लाभ लिनेभन्दा पनि पहिलाकै मूल्यको अपेक्षा गर्दा उनीहरु बजार प्रवेश गर्न सकेका छैनन्। विगत एक वर्षको अवधिमा भएको कारोबारलार्इ हेर्ने हो भने लगानीकर्ताले फाइदा उठाउने धेरै अवसर सिर्जना भएका थिए।

अहिलेकै बजार मूल्यमा कारोबार गर्ने हो भने पनि लगानीकर्ता लाभ लिन सक्छन्। दोस्रो बजारबाट उचित लाभ लिनका लागि बजारमा उतारचढाव हुनै पर्छ। लगानीकर्ताले स्थिर बजारबाट भन्दा सामान्य उतार चढावकै बजारबाट लाभ उठाइरहेका हुन्छन्। प्राविधिक विश्लेषण गर्ने तथा बजारलार्इ शुक्ष्म रुपले अध्ययन गर्नेले यस्तो अवस्थामा लाभ लिन सक्छन्।

तर एक तहका लगानीकर्ता यस अघिको अधिकतम सूचक १८८१.४५ भन्दा माथिको अपेक्षा गरिरहेका छन्। अधिकतम सूचकको अपेक्षामै अझै केहि वर्ष लगानीले पर्खनु पर्ने हुन सक्छ।

बजार बढ्न नसक्नुको कारण

चार गुणाभन्दा धेरैले शेयर संख्या बढ्दा दोस्रो बजारमा शेयर सप्लाइ पनि सँगसँगै बढिरहेको छ। यसका साथै विगत एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावले ब्याजदर उच्च हुन पुगेको छ।

शेयरमा गरिएको लगानीबाट प्राप्त हुने प्रतिफलभन्दा मुद्दती निक्षेपमा राखिएको पैसाले धेरै लाभ लिन सकिने भएपछि लगानीकर्ता शेयरमा भन्दा पनि बैंकको व्याजदरमा आकर्षित भएका हुन्।

यससँगै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिले प्रत्यक्ष अप्रत्यक्ष केही संवोधन गरेको भए पनि यसप्रति लगानीकर्ता आकर्षित हुन सकेनन्।