ग्लोबल आइएमइ बैंकको एप्लिकेसनको क्युआर कोडबाट क्युएसको २ टिकट किन्दा एक सित्तैमा

बिजमाण्डू
२०७५ कात्तिक १३ गते ०९:१२ | Oct 30, 2018
ग्लोबल आइएमइ बैंकको एप्लिकेसनको क्युआर कोडबाट क्युएसको २ टिकट किन्दा एक सित्तैमा

काठमाडौं। ग्लोबल आइएमई बैंले मोबाइल बैंकिङ एप्लिकेशनमार्फत क्यएस सिनेमाको २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्रदान गर्ने योजना ल्याएको छ। 

Tata
GBIME
Nepal Life

योजना अन्र्तगत ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्मार्ट एप्लिकेशनको क्यू आर कोर्ड मार्फत सिनेमाको टिकटको रकम भुक्तानी गर्नु पर्छ। 

राजधानीको दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युएस सिनेमाको टिकट खरिदमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्यूआर कोर्डमार्फत रकम भुक्तानी हुन लागेको हो। 

बैंकका १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०४ शाखा रहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।