अर्थतन्त्रमा समस्या देखिन थालेपछि आरबिआइको आक्रामक निर्णय, ४० हजार करोड भारु बजारमा

बिजमाण्डू
२०७५ कात्तिक १३ गते १२:०३ | Oct 30, 2018
अर्थतन्त्रमा समस्या देखिन थालेपछि आरबिआइको आक्रामक निर्णय, ४० हजार करोड भारु बजारमा

मुम्बइ। पञ्जाब नेशनल बैंकमा नीरब मोदीको हजारौं करोडको घोटाला। आइएलएण्डएफएसको कथित 'डिफल्ड'। कयौं गैरबैकिङ संस्थाहरुको बढ्दो खराव ऋण। वित्तीय घाटा बृद्धि। डलरभन्दा भारु कमजोर। मूल्य बृद्धि।

Tata
GBIME
Nepal Life

सन् २०१८ मा अर्थतन्त्रसँग जोडिएका यस्ता समाचारहरुले लगानीकर्ता र सर्वसाधारण सबैलाई चिन्तित बनाएको छ। सन्सारभरका अर्थतन्त्रको खराव अवस्थाका बारेमा उति वास्ता नगरी भारतीय अर्थतन्त्र २०१३ देखि २०१७ सम्म राम्रो गतिमा अगाडि बढिरहेको थियो। तर २०१८ देखि एकपछि अर्को अर्दै लगानीकर्ता र सर्वासाधारणलाई निरास बनाउने समाचारहरु मात्र सार्बजनिक भइरहेका छन्। 

अक्टुरबरमा विदेशी संस्थागत लगानीकर्ताले करिव २५ हजार करोड भारुको शेयर बिक्री गरेका छन्। अप्रिल महिनापछि यो सबैभन्दा ठूलो बिक्री थियो। अप्रिलमा १२ हजार करोड भारुको शेयर बिक्री गरेर धनरासी बाहिरिएको थियो।

यहीबीचमा पेट्रोल/डिजको मूल्यमा लगाता बृद्धि भइरहेको छ। यसको असरले समग्र बजार भाउ चुलिन थालेको छ। औद्योगिक उत्पादन पनि घट्न थालेको छ। औद्योगिक उत्पादन ६.६ प्रतिशतबाट घटेर ४.३ प्रतिशतमा आएको छ।

भारतीय केन्द्र बैंक रिजर्भ बैंक अफ इण्डियाले बर्षभरीको मूल्य बृद्धि दर ४ प्रतिशत कायम राख्ने प्रक्षेपक्ष गरेको छ। यसलाई कायम गर्न उसले दुई पटक ब्याज दर बृद्धि गरिसकेको छ। यसपछि आरबिआइले बैंकिङ प्रणालीमा मौद्रिक औजार 'ओपन मार्केट अपरेशन' बाट ४० हजार करोड भारु प्रवाह गर्ने घोषणा गरेको छ। 

आखिर किन आरबिआइ यति ठूलो रकम प्रणालीमा प्रवाह गर्दैछ त?

बैंकिङ प्रणालीमा जब नगदको अभाव हुन्छ अर्थात उपभोक्ताले प्रणालीबाट वढि पैसा माग गर्छन् त्यसबेला आरबिआइ मौद्रिक औजार प्रयोग गरेर नगद प्रवाह गर्छ। बैंकिङ प्रणालीमा पछिल्लो तीन सातादेखि नगदको कमी भइरहेको छ। प्रणालीमा करिव एक लाख करोड भारुको अभाव छ। यसअघि आरबिआइले मे १७ का दिन १० हजार करोड भारु प्रणालीमा पठाएको थियो।

नजिकिँदो तिहारका कारण भारतमा नगदको माग बढेर गएको छ। आरबिआइले ४० हजार करोड भारु बजारमा पठाउनुको मूख्य कारण पनि यही हो। 

अर्थशास्त्री सुनिल सिन्हा भन्छन्, 'सामान्यतया चाडपर्बमा सर्वसाधारण धेरै खर्च गर्छन्। जसले गर्दा बैंकिङ प्रणालीमा नगदको माग बढ्छ। यही समस्यालाई संवोधन गर्न आरबिआइले ठूलो रकम प्रवाह गर्न लागेको हो।'

डलरसँग कमजोर भइरहेको भारुलाई सम्हाल्न पनि यो उपाय गरिएको अर्थशास्त्रीहरु बताउँछन्। शेयर बजारमा पनि असर देखिएको छ। केही दिनदेखि निरन्तर घटेको शेयर बजार सोमबार केही उक्लिएको छ। बम्बे स्टक एक्सचेञ्ज (बिएसइ) ३० शेयरको सूचकांक ७१८ अंकले बढेको छ। नेशनल स्टक एक्सचेञ्ज (निफ्टी) पनि २२० अंकले बढेको छ। यसअघि दुबै बजार निरन्तर घटिरहेका थिए। आरबिआइले पैसा पठाउने भएपछि बजारमा सुधार देखिएको हो।