इन्टरनेट प्रविधि सम्वन्धि फोरम शुक्रबारदेखि, विद्युतीय अर्थतन्त्रका बारेमा छलफल हुने





काठमाडौं । इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षिय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ ।
 
सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ । फोरममा १८ वटा विधागत प्रस्तुति र छलफल तय भएको आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । फोरमको मूख्य आयोजक इन्टरनेट सोसाइटी नेपाल र सह आयोजकमा इन्टरनेट गभरनेन्स इन्सिच्युट छनौट भएका छन् ।
 
विद्युतिय अर्थतन्त्र, साइबर सेक्युरिटी, पुर्वाधार विकास, फेक न्युज र सामाजिक सञ्जाल जस्ता विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल हुने छ । इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति स्वतन्त्रता, समावेशीकरणका साथै नेपालमा स्मार्ट सिटीको प्रवर्धन र सम्भावनाका विषयमा समूहगत छलफल र निचोड निकालिने इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोसबाबु सिग्देलले बताए।
 
फेसबुक, अन्तराष्ट्रिय इन्टरनेट गभर्नेन्स फोरम, आइक्यान, एपिनिक जस्ता अन्तर्राष्ट्रिय प्रविधि संस्थाहरूको समेत सहभागिता रहने जनाइएको छ ।
 

Share this Story

   

इन्टरनेट प्रविधि सम्वन्धि फोरम शुक्रबारदेखि, विद्युतीय अर्थतन्त्रका बारेमा छलफल हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.