नेपाल बैंकमा ३२७ जना कर्मचारीका लागि जागिर खुल्यो, प्लस टु पासलाई पनि जागिरको अवसर

बिजमाण्डू
२०७५ कात्तिक १६ गते ०९:२५ | Nov 2, 2018
नेपाल बैंकमा ३२७ जना कर्मचारीका लागि जागिर खुल्यो, प्लस टु पासलाई पनि जागिरको अवसर

काठमाडौं। नेपाल बैंक लिमिटेडले ३ सय २७ जना कर्मचारी माग गरेको छ। सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म गरेर बैंकले शुक्रबार कर्मचारी माग गरेको हो। इच्छुकले मंसिर ६ गतेमित्र अनलाइमार्फत आवेदन दिन सक्ने छन्।

Tata
GBIME
Nepal Life

बैंकले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र गरेर कर्मचारी माग गरेको छ।

सहायक प्रबन्धकमा खुला ४३ र बाँकी समावेशी ३५ जना कर्मचारी माग गरेको छ। यस पदमा आवेदन दिनका लागि ब्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनु पर्छ। सुचना प्रविधाका लागि पनि सहायक प्रबन्धक माग गरिएको छ। यस अन्तर्गत २ जनाको माग गरिएको छ।

प्रदेश नम्बर १ अन्तर्गतका शाखाहरुका लागि सहायक पदमा कर्मचारी माग गरिएको छ। २३ जना खुला र बाँकी १८ जना समावेशी समूहबाट माग गरिएको छ। यसमा स्नातक उत्तिर्ण भएको हुनु पर्छ।

प्रदेश २ मा पनि सहायक माग गरिएको छ। खुलातर्फ २८ र बाँकी समावेशीतर्फ २३ जना माग गरिएको छ। प्रदेश ३ का लागि सहायक पदमा खुलामा ३२ जना र समावेशीतर्फ १७ जना माग गरिएको छ। गण्डकी प्रदेशका लागि सहायकतर्फ खुलामा १९ र समावेशीतर्फ १५ जना माग गरिएको छ। 

प्रदेश ५ मा सहायकका लागि खुलातर्फ २४ र समावेशीतर्फ १९ जना माग गरिएको छ भने कर्णाली प्रदेशमा सहायक पदमा खुलातर्फ ११ र समावेशीतर्फ ९ जना माग गरिएको छ। सुदूरपश्चिम पर्देशमा सहायकका लागि खुलातर्फ ११ र समावेशीतर्फ ९ जना माग गरिएको छ। 

कनिष्ठ सहायक पदका लागि पनि प्रदेशमा कर्मचारी माग गरिएको छ। खासगरी 'गोल्ड ट्रेजर' का लागि कर्मचारी माग गरिए छ। प्रदेश १ मा ९ जना, प्रदेश २ मा ९ जना, प्रदेश ३ मा १५ जना, गण्डकीमा ५ जना, प्रदेश ५ मा ५ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिममा ३ जना माग गरिएको छ। उनीहरुको योग्यता ब्यवस्थापनमा प्लसटु तोकिएको छ।