नबिल बैंकको कार्ड बोक्नेलाई नर्भिकमा ३० प्रतिशतसम्म छुट, यी सेवामा पाइन्छ छुट

बिजमाण्डू
२०७५ कात्तिक १६ गते ११:२० | Nov 2, 2018
नबिल बैंकको कार्ड बोक्नेलाई नर्भिकमा ३० प्रतिशतसम्म छुट, यी सेवामा पाइन्छ छुट

काठमाडौं। नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तराष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने भएका छन्। 

Tata
GBIME
Nepal Life

यसका लागि नबिल बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पतालबिच सम्झौता भएकोे छ। सम्झौता बमोजिम नर्भिकमा नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले छुट पाउने छन्। 

नर्भिकका वार्षिक स्वास्थ्य प्याकेजहरुमा ३० प्रतिशत विशेष छुट उपलब्ध हुने छ। साथै ब्याथोलोजी, रेडियोलोजी सिटी तथा एमआरआय स्क्यान, म्यामोग्राम, कार्डियाक नन् इन्भ्यासिभ एक्जामिनेसन र सर्जिकल चार्जलगायतमा शल्यकृयामा १० प्रतिशत छुट उपलब्ध हुन्छ।

यसवाहेक अस्पताल भर्ना हुँदा लाग्ने वेड चार्जमा ५ प्रतिशत छुट पाइने छ। आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ।

“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने प्रयासको निरन्तरता स्वरुप नर्भिकसँग सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ” नबिल बैंकका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले भने।