अबदेखि शेयर खरीद गर्दा भुक्तानी सोझै अनलाइनबाट, एनसिएचएलसँग १२ ब्रोकरको साझेदारी

बिजमाण्डू
२०७५ कात्तिक १९ गते १०:४१ | Nov 5, 2018
अबदेखि शेयर खरीद गर्दा भुक्तानी सोझै अनलाइनबाट, एनसिएचएलसँग १२ ब्रोकरको साझेदारी


काठमाडौं। अबदेखि शेयर ब्रोकरहरुलाई गरिने भुक्तानी सोझै अनलाइनबाट गर्न सकिने भएकमो छ।  शेयर कारोबारलाई अटोमेसनमा लान गरिएको पहललाई सहयोग पुग्ने गरी शेयर ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमार्फत सिधै भुक्तानी हुने ब्यवस्था मिलाइएको हो। 

Tata
GBIME
Nepal Life

लगानीकर्ताहरुले शेयर खरीद गरे वापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी कनेक्ट आइपिएसको वेवसाइटमा गएर आवश्यक विवरण भरी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैक खातामा रकमान्तर गर्न सक्नेछन्। हालसम्ममा यस प्रणालीमा १२ वटा ब्रोकर (ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९) कम्पनीहरु आवद्ध भइसकेका छन्। अन्य ब्रोकरहरुलाई पनि यस प्रणालीमा आवद्ध गराउने क्रम जारी रहेको छ। 

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस प्रणालीमार्फत सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेट फण्ड लोड जस्ता कारोबार गर्न सकिने छ। 

कनेक्ट आइपिएस प्रणालीमा हालसम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेकामा हालसम्म ३४ वटा बैंक वित्तीय संस्थाहरुबाट यो सेवा उपलब्ध भइरहेको छ।