काठमाडौं। आइएमइ लिमिटेड र काठमाडौंस्थित बसन्तपुरमा रहेको पल्पसा क्याफेवीच सम्झौता भएको छ। सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले क्याफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष छुट पाउने भएका छन्।
यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ। सम्झौता पत्रमा आइएमई लिमिटेडका ब्यापार प्रबद्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा क्याफेका प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरेका छन्।
आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स भुक्तानी गरेको विज्ञप्तिमा उल्लेख छ।