स्थानीय युवा मिलेर साबुन उद्योग गरे सञ्चालन, एउटा साबुनको मूल्य ५० रुपैयाँ कायम




मुसिकोट। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ। 

स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो। साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताए। 


पहिलो चरणमा करीब दुई हजार साबुन उत्पादन गरिएको छ। उत्पादित साबुन बिक्रीको तयारी भइरहेको छ। प्रति गोटा मूल्य ५० रुपैयाँ कायम गरिएको यो साबुनको नाम ‘चिउरी हर्वल साबुन’ राखिएको छ। 

साबुन उत्पादनका लागि स्थानीयवासी प्रेमवीर कामी, जयमती कामी, वीरबहादुर कामी, नवीना कामी र रत्ने कामीले १५ लाख रुपैयाँ लगानी गरेका छन्। 

उद्योगबाट उत्पादित साबुन जिल्लाको विभिन्न बजार तथा छिमेकी जिल्ला जाजरकोट, डोल्पा र सल्यान पठाउने योजना रहेको कम्पनीका निर्देशक प्रेमवीर कामीले बताए।

उद्योगबाट हाल नुहाउने साबुन मात्रै उत्पादन भइरहेको छ। आगामी दिनमा कपडा धुने साबुन उत्पादन गर्ने लक्ष्य छ। साबुन उत्पादन गर्न चिउरीको बिजूला स्थानीयवासीले सङ्कलन गर्दछन्। उद्योग प्रवर्द्धन गर्न सहयोग गर्ने आठबीसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए।

Share this Story

   

स्थानीय युवा मिलेर साबुन उद्योग गरे सञ्चालन, एउटा साबुनको मूल्य ५० रुपैयाँ कायम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.