अमेरिकी प्रतिबन्धका बाबजुद इरानले तेल बिक्री गर्ने, ‘अमेरिकाले इरानी तेल विस्थापित हुँदैन'





इरान। अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले बताएका छन्।

इरानले वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागु हुनेगरी लगाएको नयाँ प्रतिबन्धको केही घण्टापछि राष्ट्रपति रौहानीले बताए। हाम्रो समाजमा रहेको एकता र इरानी जनताको सहयोगमा हामीले अमेरिकीहरूलाई इरानविरुद्ध दबाब र चेतावनीको भाषा प्रयोग गर्न नहुने पाठ सिकाइने छ । रौहानीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले उल्लेख गरेको छ ।


 अमेरिकी अधिकारीहरू यो बुझेका छन् कि इरानी तेल बजारलाई विस्थापित गर्न सकिँदैन, उनले भने । इरानसँग पहिल्यै सम्झौता गरिसकेका केही मुलुकलाई अमेरिकीहरूले कारोबार गर्न निषेध गरेपनि हामीले हाम्रो तेललाई बेच्न सक्छौँ । त्यसका लागि उपयुक्त क्षमता हामीसँग छ ।

अमेरिकाले सन् २०१५ मा उसकै नेतृत्वमा अन्य विश्व शक्तिराष्ट्रहरू चीन, रूस, बेलायत, जर्मनी र फ्रान्स लगायतले गरेको सम्झौतापछि इरानविरूद्ध लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको वासिङ्टनले गत शुक्रबार अर्को घोषणा गर्दै सोमबारबाट अझ कठोर भनिएको प्रतिबन्ध लागु गरिएको जनाएको छ । अमेरिकाको प्रतिबन्धले विश्वका उर्जा, जलयात्रा, पानीजहाजको निर्माण र आर्थिक क्षेत्रजस्ता केही मुलुकका संवेदनशील क्षेत्रलाई लक्षित गरेको बताइने गरेको छ ।

  वासिङ्टनले इरानले उक्त क्षेत्रमा अस्थिरता तथा हिंसा सिर्जना गरेको दावी गरेको छ भने यसको तेहरानले खण्डन गर्ने गरेको छ ।

Share this Story

   

अमेरिकी प्रतिबन्धका बाबजुद इरानले तेल बिक्री गर्ने, ‘अमेरिकाले इरानी तेल विस्थापित हुँदैन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.