अर्थमन्त्रीको हस्तक्षेपले राष्ट्र बैंकका नरवहादुर थापाको सरुवा, यस्तो छ सरुवा हुनुको कारण

बिजमाण्डू
२०७५ कात्तिक २२ गते १०:२४ | Nov 8, 2018
अर्थमन्त्रीको हस्तक्षेपले राष्ट्र बैंकका नरवहादुर थापाको सरुवा, यस्तो छ सरुवा हुनुको कारण


काठमाडौ। अर्थमन्त्री डा. युवराज खतिवडाको हस्तक्षेपमा राष्ट्र बैंकका एक कार्यकारी निर्देशक नरवहादुर थापाको सरुवा भएको छ। अर्थमन्त्री खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदैदेखि नरुचाइएका थापा एउटा सानो बिषयलाई मुद्दा बनाएर सरुवामा परेका हुन्र

Tata
GBIME
Nepal Life

थापाले अघिल्लो साता अर्थमन्त्रीसँगको भेटमा सरकारले राजश्व थुपारेर राख्ने तर खर्च नगर्दा बैंकहरुमा तरलता अभाव भएको टिप्पणी गरेका थिए। उनको टिप्पणीपछि खतिवडाले थापासहित, गभर्नर डा. चिरञ्जिबी नेपाल र डेपुटी गभर्नर शिवराज श्रेष्ठको सातो लिएका थिए।

यो पनि पढ्नुस: राष्ट्र बैंक गैरजिम्मेवार बन्दै गएको भन्दै अर्थमन्त्री रिसाए

त्यसलगत्तै राष्ट्र बैंकले थापालाई अनुसन्धान विभागको प्रमुखबाट हटाएको हो। उनको ठाउँमा गुनाकर भट्टलाई ल्याइएको छ। थापालाई राष्ट्र ऋण विभाग पुर्याइएको छ। 

थापा तथ्यांकहरुलाई तोडमोड नगरी स्वतन्त्र विश्लेषण गर्ने अर्थशास्त्रीमा रुपमा चिनिन्छन्। दुई महिनाको वित्तीय अवस्था सार्बजनिक भएपछि थापाले तरलता अभावका बारेमा सरकार जिम्मेवार भएको टिप्पणी गरेका थिए।