६० कम्पनीले घोषणा गरे लाभांस, सबैको ध्यान नगदमै, कसले कति दिए लाभांस?

बिजमाण्डू
२०७५ कात्तिक २५ गते १३:०० | Nov 11, 2018
६० कम्पनीले घोषणा गरे लाभांस, सबैको ध्यान नगदमै, कसले कति दिए लाभांस?


काठमाडौं। चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा नाफाबाट ६० वटा कम्पनीले लाभांस घोषणा गरेका छन्। लाभांस घोषणा गर्ने क्रममा माइक्रोफाइनान्स बाहेक अन्यको ध्यान नगद लाभांसमा देखिन्छ। तीन वटा बाणिज्य बैंकले लाभांस घोषणा गर्ने क्रममा नगदलार्इ जोड दिएका छन्।

Tata
GBIME
Nepal Life

पूँजीको हिसावले धेरै नै कम रहेका माइक्रोफाइनान्सले बोनस शेयर र नगद लाभांस दुबैमा जोड दिएका छन्। ६० वटा कम्पनीले १७८३ प्रतिशत लाभांस घोषणा गर्दा १२४४ प्रतिशत नगद लाभांस छ।

बाणिज्य बैंक
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २७ बाणिज्य बैंकहरु मध्ये ३ वटाले मात्रै लाभांस घोषणा गरेका छन्। सानिमा बैंक र एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांस घोषणा गरे पनि साधारणसभाको मिति भने तय गरेका छैनन्।

एनएफआरएस अनुसार वित्तीय विवरण बनाउनै ढिला गरेका बैंकहरुले लाभांस घोषणा पनि ढिला गरिरहेका छन्। राष्ट्र बैंकका अनुसार अधिकांश बैंकहरुले लाभांस स्वीकृतीको लागि पाइपलाइनमा छन्।

विकास बैंक
नेप्सेमा सूचीकृत ३३ वटा विकास बैंक मध्ये १७ वटाले लाभांस घोषणा गरेका छन्। पाँच विकास बैंकले वार्षिक साधारणसभामार्फत लाभांस पारित गरिसकेका छन् भने कंन्कार्इ विकास बैंकले साधारणसभाको मिति तोकिसकेको छ।

फाइनान्स
नेप्सेमा सूचीकृत २७ वटा फाइनान्स मध्ये केही लिक्विडेसनमा छन्। जस मध्ये ८ वटाले लाभांस घोषणा गरेका छन्। लाभांस घोषणा गर्ने मध्ये तीन वटाले वार्षिक साधारणसभा सम्पन्न गरेका छन् भने एउटाले घोषणा गरेको छ।

माइक्रोफाइनान्स
२१ वटा माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लाभांस घोषणा गरेका छन्। लाभांस घोषणा गर्ने मध्ये अधिकांशले नगद भन्दा बोनस शेयरलार्इ प्राथमिकता दिएका छन्। २१ वटाले ५ सय ५ प्रतिशत लाभांस घोषणा गर्दा ३ सय १६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेका हुन्।

हाइड्रोपावर
५ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारणसभा घोषणा गरेपनि तीन कम्पनीले मात्रै लाभांस दिने घोषणा गरेका छन्। ङादी रिडी र सानिमा मार्इ हाइड्रोपावर कम्पनीले लाभांस घोषणा गरेका छन्।

उत्पादन तथा प्रसोधन
उत्पादन तथा प्रसोधन अन्तर्गतका कम्पनी मध्ये चार कम्पनीले लाभांस घोषणा गरेका छन्। बोटलर्स नेपाल तथा तरार्इ र युनिलिभरले लाभांस घोषणा गरि वार्षिक साधारणसभाबाट पारित गरिकेका छन् भने हिमालयन डिस्टिलरीको बाँकी छ।

म्युचुअल फण्ड
गत आर्थिक वर्षमा अधिकांश म्युचुअल फण्ड नोक्सानमा छन्। नोक्सानमा भएपनि तीन वटा फण्डले अघिल्ला आर्थिक वर्षको सञ्चितबाट लाभांस घोषणा गरेका छन्।

ओरियन्टल होटलले गत आर्थिक वर्षको नाफाबाट लाभांस घोषणा गरेर वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ। त्यस्तै बीमा कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांस घोषणा गरेका छैनन्।