नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा राष्ट्र बैंकका क्याडर रमण नेपाल ५ बर्षलाई नियुक्त

बिजमाण्डू
२०७५ कात्तिक २६ गते ११:०९ | Nov 12, 2018
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा राष्ट्र बैंकका क्याडर रमण नेपाल ५ बर्षलाई नियुक्त


काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को आइतबारको वैठकले आगामी पाँच बर्षका लागि नेपाललाई नियुक्त गरेको हो।

Tata
GBIME
Nepal Life

नेपाल गत चैतमा नेपाल राष्ट्र बैंकबाट अनिवार्य अवकाशपछि बाहिरिएका थिए। राष्ट्र बैंकको सुपरिवेक्षण तथा नियमन विभागहरुमा लामो समय काम गरेका नेपाल निर्देशक पदबाट अवकाश भएका थिए।

कोषको कार्यकारी निर्देशकका लागि नेपालसहित कपिलमणि ज्ञवाली र शेषरमण आचार्यको नाम पनि सिफारिस भएको थियो।

नेपाल अर्थशास्त्रमा स्नातकोत्तर हुन्। उनले पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजीमा एमफिल पनि गरेका छन्।