महालक्ष्मीको नाफा ९० प्रतिशत र गण्डकीको ८७ प्रतिशतले बृद्धि, प्रति शेयर आम्दानी १४ रुपैयाँ

बिजमाण्डू
२०७५ कात्तिक २८ गते १०:०५ | Nov 14, 2018
महालक्ष्मीको नाफा ९० प्रतिशत र गण्डकीको ८७ प्रतिशतले बृद्धि, प्रति शेयर आम्दानी १४ रुपैयाँ

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा महालक्ष्मी विकास बैंकले ९०.६५ प्रतिशत र गण्डकी विकास बैंकले ८७.४६ प्रतिशतले नाफा बढाएका छन्। महालक्ष्मी विकास बैंकले १० करोड ५६ लाख रुपैयाँ नाफा गरेको छ भने गण्डकीको १० करोड २७ लाख रुपैयाँ छ। 

Tata
GBIME
Nepal Life

महालक्ष्मी विकास बैंकले तीन महिनामा २६ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। यसै अवधिमा खुद व्याज आम्दानी २४ करोड ६७ लाख रुपैयाँ छ। चुक्ता पूँजी २ अर्ब ८४ करोड र जगेडा कोषमा एक अर्ब ५ करोड रुपैयाँ रहेको बैंकको पूँजी कोष अनुपात १६.५१ प्रतिशत छ। 

खराब कर्जा ३.३९ प्रतिशत छ भने आधार व्याज दर ११.३२ प्रतिशत छ। प्रति शेयर आम्दानी ८ रुपैयाँबाट बढेर १४ रुपैयाँ पुगेको छ। 

त्यस्तै गण्डकी विकास बैंकले तीन महिनामा २३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरि २१ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। खुद व्याज आम्दानी २३ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ। 

चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ। पूँजी कोष अनुपात २०.३० प्रतिशत छ भने खराब कर्जा ०.४६ प्रतिशत छ। आधार व्याजदर १२.४० प्रतिशत छ भने प्रति शेयर आम्दानी १४ रुपैयाँ छ।