५ हजार र १० हजार दरका नोट छाप्न बैंकर्स संघको सुझाव, ‘बैंकले थोरै कर्मचारीबाट धेरै काम लिए’

बिजमाण्डू
२०७५ कात्तिक २८ गते १५:०४ | Nov 14, 2018
५ हजार र १० हजार दरका नोट छाप्न बैंकर्स संघको सुझाव, ‘बैंकले थोरै कर्मचारीबाट धेरै काम लिए’

काठमाडौं। बैंकहरुले थोरै कर्मचारीबाट धेरै काम लिइरहेको गुनासो राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले गरेका छन्। राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले दसैंमा नोट वितरण गर्दाको अनुभव सुनाउँदै बैंकका उच्च ब्यवस्थापनले कर्मचारीलाई धेरै काम लगाउने गरेको बताए।

Tata
GBIME
Nepal Life

नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले बुधबार आयोजना गरेको एक अन्तर्कृया कार्यक्रममा उनले आवश्यक पर्ने कर्मचारी नियुक्त गर्न बैंकरलाई सुझावसमेत दिए। 

बैंकिङ क्षेत्रका कर्मचारीहरुसँग अन्तर्कृया गर्दा उनीहरुले चाहिनेभन्दा बढि काम उच्च ब्यवस्थापनले लाउने गरेको बताएको निरौलाले बताए। 'अहिले १०० जना कर्मचारी छन् भने १०/१५ जना थप्दा थप सजिलो हुन्छ' उनले भने, 'कर्मचारी ब्यवस्थापनमा ध्याँन दिनु होला।'

बैंकहरुले शाखामा कम कर्मचारी खटाएकै कारण पनि नोट ब्यवस्थापन प्रभावकारी हुन नसकेको बताए।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने अहिलेको मूल्य बृद्धिलाई ध्यान दिएर ५००० र १० हजार दरका नोट छाप्नु पर्ने बताए। 'कर्मचारी ब्यवस्थापन एउटा कुरा हो,' उनले भने, 'तर, अहिले एक हजार रुपैयाँ लिएर हिँड्दा केही पनि आउँदैन। बरु राष्ट्र बैंकले ५ हजार र १० हजार दरका नोट छाप्नु पर्छ।'