इन्भेष्टमेन्ट बैंकको नाफा अर्ब नाघ्यो, सानिमा, सेञ्चुरी, मेगा र लक्ष्मीले पनि बढाए नाफा, कसको कति

बिजमाण्डू
२०७५ कात्तिक २९ गते १०:०८ | Nov 15, 2018
इन्भेष्टमेन्ट बैंकको नाफा अर्ब नाघ्यो, सानिमा, सेञ्चुरी, मेगा र लक्ष्मीले पनि बढाए नाफा, कसको कति

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, एनसिसी बैंक, सेञ्चुरी बैंक, मेगा बैंक, सनराइज बैंक, नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैंक, जनता बैंकले नाफा बढाएका छन्। 

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि वित्तीय विवरण तयार पार्दा एनएफआरएस प्रणाली लागु गरेसँगै बैंकको नाफा बढि देखिएको छ। नियामकीय प्रावधानलाई पुरा गरेपछि भने केही बैंकको नाफा घटेको पनि छ।

नेपाल इन्भेष्टमेन्ट बैंक 
नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १७.८४ प्रतिशतले नाफा बढेर एक अर्ब ६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा ८९ करोड ४९ लाख रुपैयाँ नाफा थियो। 

बैंकले एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो। 

खुद व्याज आम्दानी एक अर्ब ५९ करोड रुपैयाँ गरेको छ। प्रति शेयर आम्दानी ३३ रुपैयाँबाट बढेर ४० रुपैयाँ पुगेको छ। 

सानिमा बैंक
सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४९.०३ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा ४६ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष ३२ करोड ६९ लाख रुपैयाँ थियो। बैंकले ८४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। 

खुद व्याज आम्दानी ९७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ। प्रति शेयर आम्दानी १८ रुपैयाँबाट बढेर २५ रुपैयाँ पुगेको छ। 

एनसिसी बैंक 
एनसिसी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७०.४० प्रतिशतले नाफा बढाएर २८ करोड चार लाख रुपैयाँ पुर्याएको छ। गत वर्ष बैंकको नाफा १६ करोड ४५ लाख रुपैयाँ थियो। बैंकले ६२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ। 

बैंकले खुद व्याज आम्दानी ८० करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ। जबकी गत वर्ष यस्तो आम्दानी ३४ करोड ७६ लाख रुपैयाँ मात्रै थियो। प्रति शेयर आम्दानी पनि २१ रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ। 

सेञ्चुरी बैंक 
सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८९.१४ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनामा २० करोड रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यही अवधिमा १० करोड ५७ लाख रुपैयाँ मात्रै थियो। बैंकले ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। 

बैंकले खुद व्याज आम्दानी ८० करोड १५ लाख रुपैयाँ छ भने गत बर्ष ४६ करोड ५४ लाख रुपैयाँ थियो। प्रति शेयर आम्दानी ९ रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ। 

मेगा बैंक 
मेगा बैंकले पहिलो तीन महिनामा १८८.६२ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनाम २३ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ८ करोड १८ लाख रुपैयाँ नाफा थियो। 

बैंकले ६६ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। खुद व्या आम्दानी ९२ करोड ८१ लाख रुपैयाँ छ। बैंकले १६ करोड ८३ लाख रुपैयाँ रेगुलेटरी एड्जसमेन्ट गर्दा लाभांस बाँड्न मिल्ने नाफा कम देखिएको हो। प्रति शेयर आम्दानी ६ रुपैयाँबाट १५ रुपैयाँ पुगेको छ। 

सनराइज बैंक 
सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३३.५२ प्रतिशतले नाफा बढाएको छ। पहिलो तीन महिनामा २७ करोड २० लाख रुपैयाँ नाफा गरेको छ। 

निक्षेप संकलन ७५ अर्ब ७९ करोड रुपैयाँ संकलन गरि ६६ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ८२ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ। प्रति शेयर आम्दानी ९ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ। 

नेपाल बङ्गलादेश बैंक 
नेपाल बङ्गलादेश बैंकले पहिलो तीन महिनामा ४२.९७ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा २२ करोड १ लाख रुपैयाँ नाफा गरेको छ। 

पहिलो तीन महिनामा ४७ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गर्दा ६९ करोड ३ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। प्रतिशेयर आम्दानी ७ रुपैयाँबाट बढेर १४ रुपैयाँ पुगेको छ। 

लक्ष्मी बैंक 
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४६.९७ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा २५ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष १७ करोड ९ लाख रुपैयाँ थियो। 

बैंकले तीन महिनामा ६९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६४ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्दा ७४ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। प्रति शेयर आम्दानी १० रुपैयाँबाट १४ रुपैयाँ पुगेको छ। 

जनता बैंक 
जनता बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २९४.९५ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनाम २५ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ६ करोड ४८ लाख रुपैयाँ थियो। 

बैंकले ६२ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ४५ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ७९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ। प्रति शेयर आम्दानी ९ रुपैयाँबाट १६ रुपैयाँ पुगेको छ।  

बाणिज्य बैंक (रु. हजारमा)

नाफा

बृद्धि (%)

असोज २०७५

असोज २०७४

नेपाल इन्भेष्टमेन्ट बैंक

1054670

894994

17.84

सानिमा बैंक

464427

326991

42.03

एनसिसी बैंक

280462

164584

70.41

सेञ्चुरी बैंक

200076

105779

89.15

मेगा बैंक

236191

81817

188.68

सनराइज बैंक

272005

203708

33.53

नेपाल बङ्गलादेश बैंक

220196

154010

42.98

लक्ष्मी बैंक

251307

170988

46.97

जनता बैंक

255997

64817

294.95