अब बैंकिङ क्षेत्रसँग सम्बन्धित संस्थाको छुट्टै ‘बैंकिङ टावर’, ४ संस्था एकै बिल्डिङमा बसाउन पहल

बिजमाण्डू
२०७५ कात्तिक २९ गते १२:०५ | Nov 15, 2018
अब बैंकिङ क्षेत्रसँग सम्बन्धित संस्थाको छुट्टै ‘बैंकिङ टावर’, ४ संस्था एकै बिल्डिङमा बसाउन पहल

काठमाडौं। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाका कार्यालयहरु एकै ठाउँमा राखेर छुट्टै 'बैंकिङ टावर' बनाउन बैंकर्स संघले पहल गरेको छ।

Tata
GBIME
Nepal Life

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) को कार्यालय एउटै भवनमा राख्ने गरी टावर बनाउन लागिएको हो।

नेपाल बैंकर्स संघले छुट्टै टावर बनाउने बिषयलाई कार्यसमितिबाट अनुमोदन गरिसकेको छ। उसले साधारणसभाबाट पनि प्रस्ताब पारित गरेपछि अन्य निकायहरुलाई औपचारिक आग्रह गर्ने भएको छ। संघको साधारणसभा १५ दिनपछि हुँदैछ।

अहिले बैंकर्स संघ, एनसिएचएल, कर्जा सुचना केन्द्र र एनबिइ छुट्टाछुट्टै ठाउँमा लिजमा बसिरहेका छन्। एकअर्काका परिपुरक संस्था एकै ठाउँमा बस्दा काम गर्न पनि सजिलो हुने भन्दै एनबिआइले केहीअघि संघलाई छुट्टै टावर बनाएर बस्न सुझाव समेत दिएको थियो।

शशिन जोशी संघको अध्यक्ष हुँदा एनबिआइले पहल गरेको थियो। त्यसपछि त्यत्तिकै हराएको यो बिषय बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले एक कदम अगाडि बढाएर निर्णय नै गरिदिएका हुन्।