सूर्योदय लघुवित्तका शेयरधनीलाई ४२ प्रतिशत बम्पर बोनस शेयर, त्यसपछि ५० प्रतिशत हकप्रद 

बिजमाण्डू
२०७५ कात्तिक २९ गते १४:३२ | Nov 15, 2018
सूर्योदय लघुवित्तका शेयरधनीलाई ४२ प्रतिशत बम्पर बोनस शेयर, त्यसपछि ५० प्रतिशत हकप्रद 

काठमाडौं। सूर्योदय लघुबित्त वित्तीय संस्थाले आफ्ना शेयरधननीलाइ बम्पर लाभांशसँगै हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ। 

Tata
GBIME
Nepal Life

संस्थाको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई ४२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो। 

बोनस शेयरको कर प्रयोजनका लागि छुट्टै २.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ। सञ्चालक समिति बैठकले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय समेत गरेको छ। 

हाल संस्थाको चुक्ता पूँजी सात करोड ५६ लाख रुपैयाँ छ। घोषित बोनस वितरणपछि संस्थाको चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँ पुग्ने छ।

यो पूँजीको ५० प्रतिशत हकप्रद निष्कासनपछि संस्थाको चुक्ता पूँजी १६ करोड १८ लाख ७८ हजार पाँच सय रुपैयाँ पुग्ने छ।  गत बर्ष पनि संस्थाले २० प्रतिशत बोनस शेयर दिएको थियो।