अनलाइन कारोबारले शेयरका लगानीकर्तामा देखिएन उत्साह, कारोबार रकम भने सुध्रिन थाल्यो 

बिजमाण्डू
२०७५ कात्तिक २९ गते १५:२१ | Nov 15, 2018
अनलाइन कारोबारले शेयरका लगानीकर्तामा देखिएन उत्साह, कारोबार रकम भने सुध्रिन थाल्यो 

काठमाडौं। अनलाइन प्राणालीमा विस्तारै सुधार भएर कारोबार प्रणाली सजह हुँदा पनि बिहीबार शेयर बजार ३.६९ अंकले घटेको छ। कारोबार सुरु भएको एक घण्टा २० मिनेटसम्म शेयर बजार हरियो देखिएको भए पनि त्यसपछि विस्तारै घटेर बन्द भएको छ। कारोबार २३ करोड ९८ लाख रुपैयाँको भएको छ। 

Tata
GBIME
Nepal Life

सम्पुर्ण सूचक तथा उपसूचक घट्दा होटलको सूचक भने ०.०२ प्रतिशतले बढेको छ। बिहीबार प्रभु बैंकको सबैभन्दा धेरै २ करोड ३१ लाख रुपैयाँको करोबार भएको छ। 

एभरेष्ट इन्स्योरेन्स र साल्ट ट्रेडिङ कर्पोरेसनको कारोबारमा बढेर सर्किट लागेको छ। सर्किट लाग्दा एभरेष्टको ६३१ रुपैयाँ र साल्ट ट्रेडिङको ४१५ रुपैयाँमा करोबार भएको छ। मेरो माइक्रोफाइनान्सका शेयधरनीले सबैभन्दा धेरै ३.८८ प्रतिशतले गुमाएका छन्। 

हिजोदेखि नै संस्थागत लगानीकर्ताले कारोबार गर्न पाइरहेका छन्। गएका दिनमा कहिले सर्वसाधारण लगानीकर्ता त कहिले संस्थागत लगानीकर्ताले कारोबार गर्न नपाउँदा कारोबार रकम घटिरहेको थियो। 

नेप्सेको स्वचालित अनलाइन प्रणालीमा सुधार देखिएसँगै कारोबार रकम पनि सुधार भैरहेको छ। बुधबार १७ करोड ८३ लाख रुपैयाँ मात्रै कारोबार भएकोमा आज २३ करोड ९८ लाख रुपैयाँ पुगेको हो।