७७ जिल्लाबाट शेयर कारोबारको भुक्तानी मिलाउन क्लियरिङ बैंक थप्दै नेप्से

बिजमाण्डू
२०७५ कात्तिक २९ गते १६:५० | Nov 15, 2018
७७ जिल्लाबाट शेयर कारोबारको भुक्तानी मिलाउन क्लियरिङ बैंक थप्दै नेप्से

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७७ वटै जिल्लामा अनलाइन कारोबार बिस्तार गर्ने भएको छ। देशभरीका सबै स्थानीय तहका लगानीकर्तालाई अनलाइन कारोबारमा सहभागी गराउने उद्देश्यले नेप्सेले क्लियरिङ बैंक थप गर्दै अनलाइन कारोबारमा सहभागी गराउने भएको हो।

Tata
GBIME
Nepal Life

'नेपालका सबै स्थानीय तहमा अनलाइन कोराकार पुर्यााउन क्लियरिङ बैंक थप गर्दै छौ' नेप्सेका प्रमुख कार्यकारी अधसकृत चन्द्रसिंह साउदले भने। 

नेप्सेले हाल शेयर कारोबारमा क्लियरिङ बैंकको भूमिका निर्वाह गरिरहेका बैकसँग शुक्रवार छलफल गर्दै छ। शुक्रवारको छलफलमा ती बैकहरुको शाखा बिस्तारको पहुँच बारे जानकारी लिने छ। बैंकहरुको शाखा बिस्तारलाई दृष्टिगत गर्दै कति बैंक थप गर्दा सबै स्थानीय तहमा अनलाइन कारोबार पुर्यारउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने साउदले बताए। 

हाल शेयर बजारमा चार बैंकले क्लियरिङ सेवा दिँदै आएका छन्। ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ र प्रभु बैंकले क्लियरिङ बैंकको काम गरिरहेका छन्। तर हाल सञ्चालनमा आएको नयाँ अनलाइन प्रणालीमा नेपाल इन्भेस्टमेन्ट बैक मात्रै आबद्ध भएको छ। बाँकी तीन बैकलाई पनि नयाँ प्रणालीमा आबद्ध गराउँदै लैजाने साउदले बताए।

सबै स्थानीय तहमा शेयर कारोबार पुर्याबउन अन्य बैकलाई पनि प्रणालीमा आबद्ध गरिने छ। अनलाइन प्रणालीमा बैंक संख्या बढ्दा लगानीकर्तालाई छनौटको अवसरसमेत प्राप्त हुने साउदले बताए। निश्चित बैंकमा मात्रै खाता रहेकै कारण शेयर कारोबार गर्न वञ्चित हुन नपरोस् भन्दै बैंक थप गर्न लागिएको साउदको तर्क छ। 

केही दिनमै लगानीकर्ताले शेयर खरीद गरेलगत्तै उनीहरूकै निक्षेप खातामा जम्मा हुने र बैंकबाट सोझै पैसा काटिने व्यवस्था हुने छ। यस्तो सुविधा तत्काल नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता हुने लगानीकर्ताले पाउने छन्। जसको सफल परीक्षण गरिसकिएको नेप्सेले जनाएको छ। क्लियरिङ बैंक थपिएसँगै अन्य बैकमा खाता भएका लगानीकर्ताले समेत यो सुविधा पाउने छन्।

प्रारम्भिक रुपम आस्वा सेवा बिस्तर गरेकै मोडलमा अनलाइन कारोबार बिस्तार गर्ने योजना नेप्सेको छ। सुरुमा आश्वा सेवा केही निश्चित बैंकबाट मात्रै लगानीकर्ताले प्राप्त गरेका थिए। 

क्रमिक रूपमा अन्य बैकहरुले यो सेवा उपलब्ध गराएका थिए। यसैगरी हाललाई नेपाल इन्भेष्टमेन्ट बैकमा खाता हुने लगानीकर्ताको शेयर कारोबारको राफसाफ अनलाइनबाटै हुने छ। जुन, शेयर बजार कारोबारकै इतिहासमा नयाँ छलाङ हुने नेप्सेको दाबी छ। यस्तो छलाङको अनुभूति केही दिनमै लगानीकर्ताले पाउने साउदले बताए।