एनआर्इसी एशियाको नाफा १०८% ले बढ्यो, एसबिआर्इको घट्यो, नबिल, एनएमबीको सुधार

बिजमाण्डू
२०७५ कात्तिक ३० गते १०:०५ | Nov 16, 2018
एनआर्इसी एशियाको नाफा १०८% ले बढ्यो, एसबिआर्इको घट्यो, नबिल, एनएमबीको सुधार

काठमाडौं। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा एनआर्इसी एशिया बैंकले १०८ प्रतिशतले नाफा बढाएको छ। त्यस्तै नबिल, एनएमबी, हिमालयन, बैंक अफ काठमाण्डू र प्राइम बैंकले पनि नाफा बढाएका छन्। नेपाल एसबिआर्इको भने १३ प्रतिशतले घटेको छ। 

Tata
GBIME
Nepal Life

नबिल बैंक 
नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९.०६ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनामा ९३ करोड ३१ लाख रुपैयाँ लाभांस बाड्न योग्य नाफा आर्जन गरेको हो। गत बर्ष बैंकको नाफा ८५ करोड १४ लाख रुपैयाँ थियो। 

बैंकले तीन महिनाको अवधिमा एक खर्ब ४३ अर्ब रुपैया निक्षेप संकलन गरि एक खर्ब २८ अर्ब रुपैयाँ ऋण लगानी गरेर एक अर्ब ८४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। प्रति शेयर आम्दानी ४१ रुपैयाँबाट बढेर ५१ रुपैयाँ पुगेको छ। 

एनआर्इसी एशिया बैंक 
एनआर्इसी एशिया बैंकले तीन महिनामा १०८.९१ प्रतिशतले नाफा बढाएको छ। बैंकले यस अवधिमा ५८ करोड २२ लाख रुपैया नाफा गरेको छ। यो नाफा नियामकीय प्रावधानपछिको हो। एनएफआरएस अनुसार भने बैंकको नाफा ७५ करोड ३६ लाख रुपैयाँ पुग्छ। 

गत बर्ष बैंकको नाफा २७ करोड ७९ लाख रुपैयाँ थियो। बैंकले एक खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ३९ अर्ब ऋण लगानी गरेको छ। बैंकले एक अर्ब ८६ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। बैंकको प्रति शेयर आम्दानी १३ रुपैयाँबाट ३६ रुपैयाँ पुगेको छ। 

नेपाल एसबिआर्इ बैंक 
नेपाल एसबिआर्इ बैंकको पहिलो तीन महिनामा गत वर्षको यहि अवधिको भन्दा १३.९६ प्रतिशतले नाफा खुम्चिएको छ। बैंकले तीन महिनामा २७ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ। गत बर्ष ३२ करोड ५१ लाख रुपैयाँ थियो। 

बैंकले तीन महिनामा ९४ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरि ८४ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गरि एक अर्ब ६ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। प्रति शेयर आम्दानी एक रुपैयाँले घटेर २४ रुपैयाँमा रहेको छ। 

एनएमबी बैंक 
एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९.११ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा ४९ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष ४५ करोड १३ लाख रुपैयाँ नाफा थियो। 

बैंकले ८५ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरि ८२ अर्ब ७७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले ९७ करोड ६२ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। बैंकको प्रति शेयर आम्दानी २८ रुपैयाँबाट २६ रुपैयाँमा खुम्चिएको छ। 

हिमालयन बैंक 
हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १६.०३ प्रतिशतले नाफा बढाएको छ। बैंकले ४७ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ४१ करोड १ लाख रुपैयाँ थियो। 

बैंकले एक खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९४ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। एक अर्ब ३१ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। बैंकले प्रति शेयर आम्दानी २५ रुपैयाँबाट बढेर ३२ रुपैयाँ पुगेको छ। 

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २३.०२ प्रतिशतले नाफा बढाएको छ। बैंकले २७ करोड ५६ लाख रुपैयाँ नाफा गरेको छ। 

गत वर्ष २२ करोड ४० लाख रुपैयाँ थियो। बैंकले ७९ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरि ८७ करोड ७९ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। बैंकको प्रति शेयर आम्दानी १३ रुपैयाँबाट २१ रुपैयाँ पुगेको छ। 

प्राइम बैंक 
प्राइम बैंकले पहिलो तीन महिनामा २५.३१ प्रतिशतले नाफा बढाएको छ। बैंकले यस अवधिम ४२ करोड ८१ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष ३४ करोड १७ लाख रुपैयाँ थियो। 

बैंकले ७६ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरि ७२ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गरि ९७ करोड २ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। प्रति शेयर आम्दानी २५ रुपैयाँबाट २८ रुपैयाँमा बृद्धि भएको छ। 

बैंक (रु. हजारमा)

नाफा

बृद्धि (%)

असोज २०७५

असोज २०७४

नविल बैंक

933190

851406

9.606

एनआर्इसी एशिया बैंक

582218

278688

108.914

नेपाल एसबिआर्इ बैंक

279775

325199

-13.968

एनएमबी बैंक

492486

451353

9.113

हिमालयन बैक

475865

410113

16.033

बैंक अफ काठमाण्डू

275639

224045

23.028

प्राइम बैंक

428261

341751

25.314