एनआइसी एसिया बैंकले १० प्रतिशत बोनस शेयर प्रस्ताब गर्यो, नाफा ७५ करोड रुपैयाँ नाघ्यो

बिजमाण्डू
२०७५ कात्तिक ३० गते १६:१५ | Nov 16, 2018
एनआइसी एसिया बैंकले १० प्रतिशत बोनस शेयर प्रस्ताब गर्यो, नाफा ७५ करोड रुपैयाँ नाघ्यो

काठमाडौं। एनआइसी एसिया बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको ३७७औं सञ्चालक समिति बैठकले कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।

बैंकले गत आर्थिक बर्ष वार्षिक विन्दूगत आधारमा कर्जा तथा लगानी ४८ अर्बले बढाएर १२० अर्ब तथा निक्षेप ६४ अर्बले बढाएर १५२ अर्ब पुर्याएको थियो। 

०७५/०७६ को पहिलो त्रैमाससम्ममा कर्जा बढाएर १३९ अर्ब तथा कूल निक्षेप १६३ अर्ब पुर्याइसकेको छ। बैंकले असोजसम्म ७५ करोड ५३ लाख  नाफा गरेको छ। बैंकको प्रति शेयर आम्दानी ३६.७८ रुपैयाँ छ।