सन नेपाल लाइफले आइपिओको प्रकृया थाल्यो, ६० लाख रुपैयाँको आइपिओका लागि औषत रेटिङ

बिजमाण्डू
२०७५ कात्तिक ३० गते १७:३८ | Nov 16, 2018

काठमाडौं। नयाँ अनुमति पाएर सञ्चालनमा आएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि आइपिओ रेटिङ गरेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले 'केयर एनपी आइपिओ ग्रेड ४' प्राप्त गरेको छ। केयर रेटिङ नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय अवस्था औषत रहेको जनाउँछ।

कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि रेटिङ गराएको हो। रेटिङ एजेन्सी केयर नेपालका अनुसार बीमा समितिले ९ वटा जीवन बीमा कम्पनी सञ्चालन भइरहेको अवस्थामा थप ९ वटा बीमा कम्पनीलार्इ अनुमति प्रदान गर्दा बजारमा धेरै नै प्रतिस्पर्धा रहेको जनाएको छ। अर्थात समग्र बजारमा सन नेपालको हिस्सा ०.५८ प्रतिशत रहेको छ भने १८ वटा कम्पनीहरुमा सन नेपालको स्थान १४औं रहेको छ। 

कम्पनीको मूख्य लगानीकर्तामा कयाल ग्रुप रहेको छ। सञ्चालक अध्यक्ष अनुज कयाल रहेका छन् भने निमित्त कार्यकारी प्रमुख राजकुमार अर्याल रहेका छन्। उनी बीमा समितिका पूर्व निर्देशक हुन्। कम्पनीको हाल केन्द्र सहित २० वटा शाखा र ७० वटा उपशाखा कार्यालयहरु छन्।