टाटाको नेक्सन क्राज नेपाली बजारमा, ४० लाख रुपैयाँ मूल्य, गाडीको विशेषता यस्ता छन्

बिजमाण्डू
२०७५ कात्तिक ३० गते २१:५० | Nov 16, 2018
टाटाको नेक्सन क्राज नेपाली बजारमा, ४० लाख रुपैयाँ मूल्य, गाडीको विशेषता यस्ता छन्

काठमाडौं। सिप्रदी ट्रेडिङले नेक्सन क्राजको बिक्री सुरु गरेको छ। टाटा गाडीको अधिकृत विक्रेता सिप्रदीले नेपाली बजारमा सर्वाधिक बिक्री भएको कम्प्याक्ट एसयुभीको पहिचान बनाएको नेक्सनको अर्को संस्करण नेपाली बजारमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

'हामीले नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यक्ता र मागलाई सम्बोधन गर्न ल्याएका हौँ ।' टाटा मोर्टसको प्यासेन्जर भ्याइकल यूनिट सम्बन्धि अन्तराष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले भने। मल्टिड्राइभ मोडको विशेषतायुक्त यो गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्ग मा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार  २०९ मिलिमिटरको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले क्राजले  अरुभन्दा बढि सुरक्षित र आरामदायी बनाएको छ ।चार स्पीकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ।
 

कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० पेटोल र १५००सीसी   इन्जिन डिजेल क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेक्सन क्राज , क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्टमा डिजेलका लागि ४३ लाख ८५ हजार रुपैयाँ  र पेट्रोलका लागि ३९ लाख ९५ हजार रुपैयाँको सुरुवाती मुल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ।