काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ।
सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको २६५वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशनको जीवन बीमा लेख खरिद गर्न सक्ने छन्।
सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोषले हस्ताक्षर गरेका छन्।
बैंकका २६५ शाखाका साथै २७० एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र १८ वटा शाखा रहित बैंकिङ इकाइ छन्।