प्रोग्रेसिभ फाइनान्सको पूँजी जुटाउने अन्तिम तयारी, नबिकेको २१ लाख २० हजार कित्ता लिलाम हुने

बिजमाण्डू
२०७५ मंसिर ४ गते ११:४१ | Nov 20, 2018


काठमाडौं। प्रोग्रेसिभ फाइनान्सले नबिकेको २१ लाख २० हजार ६०४ कित्ता हकप्रद शेयर बोलकबोल लिलाम बिक्रीकालागि खुला गरेको छ।
संस्थाले नबिकेको हकप्रद मंसिर १० देखि २४ गतेसम्म बिक्री खुला गर्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

संस्थाले गत भदौ ५ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २८१ प्रतिशत अर्थात ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेकोमा संस्थापक तर्फ १६ लाख ७१ हजार ९५५ कित्ता र सर्वसाधारण तर्फ ४ लाख ४८ हजार ६४९ कित्ता बिक्री भएको थिएन।

बोलकबोल लिलाम बिक्रीको लागि सर्वसाधारण तर्फ न्युनतम १०० कित्तादेखि अधिकतम नियम अनुसार सर्वसाधारणले खरिद गर्ने सक्ने सीमा ननाघ्ने गरी खुला गरिए बराबरकै लागि आवेदन दिन सकिनेछ।

 त्यस्तै संस्थापक तर्फको हकप्रदको लागि न्युनतम १००० कित्तादेखि अधिकतमका लागि नेपाल राष्ट्र बैंकले तोकेको सिमा ननाघ्ने गरि माग गरिए बराबरकै लागि आवेदन दिन सकिनेछ।

यस्तो छ  ट्रयाक रेकर्ड

बोलकबोल सकारेसँगै नेपाल राष्ट्र बैंकले निर्देशन गरेको पूँजी ८० करोड रुपैयाँ जुट्ने छ।

नेपाल राष्ट्र बैंकले ८० करोड रुपैयाँ पूँजी अनिवार्य गरेको तथा संस्थाको चुक्ता पूँजी पनि २१ करोड रुपैयाँ मात्रै भएकोले दोस्रो बजारमा हकप्रद निष्काशन हुने योजनाले एक वर्षको अवधिमा अधिकतम २५१ रुपैयाँ सम्ममा कारोबार भयो। साथै न्युनतम ९८ रुपैयाँसम्ममा भयो। सोमबार ९९ रुपैयाँमा कारोबार भएको थियो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार संस्थाले एक करोड ७८ लाख रुपैयाँ नाफा गरेको छ।

संस्थाले ७० करोड रुपैयाँ निक्षेप संकलन गरि ६१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। विगत लामो समयदेखि संस्थाले लाभांस दिन सकेको छैन।