बाल्ट्राले ल्यायो भित्तामा सेट गर्न मिल्ने हिटर, सेटमा डिजिटल डिस्प्ले र रिमोट कन्ट्रोल पनि

बिजमाण्डू
२०७५ मंसिर ४ गते १४:०५ | Nov 20, 2018
बाल्ट्राले ल्यायो भित्तामा सेट गर्न मिल्ने हिटर, सेटमा डिजिटल डिस्प्ले र रिमोट कन्ट्रोल पनि

Tata
GBIME
Nepal Life

काठमाडौं। जाडोको मौसमलाई ध्यानमा राखी बाल्ट्रा होम एप्लायन्सेसले बिभिन्न ग्यास तथा इलेक्ट्रोनिक हिटर र गिजर बजारमा ल्याएको छ।

यसैगरी बाल्ट्राले पिटिसि वाल हिटर समेत पहिलोपटक  नेपाली बजारमा भित्र्याएको  जनाएको छ ।

घरको भित्तामा राख्न सकिने  पिटिसि वाल हिटरमा डिजिटल डिस्प्ले र रिमोट कन्ट्रोल समेत रहेको छ ।

एफेक्ट र क्यालोर नामक दुई फरक मोडलमा उपलब्ध यस हिटर कोठा तताउन उपयुक्त हुने बताइएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीका अनुसार घर, होटेल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजरहरु बजेट सुहाउँदो र नवीनतम प्रविधि प्रयोग गरी बनाइएको छ ।