नेपाल टेलिकमको मोबाइलमा ब्यालेन्स सकियो भनेर कल किन काटियो? समस्या अझै पत्ता लागेन

बिजमाण्डू
२०७५ मंसिर ४ गते २०:३५ | Nov 20, 2018
नेपाल टेलिकमको मोबाइलमा ब्यालेन्स सकियो भनेर कल किन काटियो? समस्या अझै पत्ता लागेन

काठमाडौं। नेपाल टेलिकमको मोबाइलको भ्वाइस सेवामा समस्या आएको छ। साँझ पौने सात बजेदेखि साढे सात बजेसम्म काठमाडौं र पोखरामा टेलिकमको भ्वाइस सेवामा समस्या आएको हो।

Tata
GBIME
Nepal Life

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले टेलिकममा प्राविधिक समस्या आएको बताउँदै मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान भइसकेको बतार्इन् ।‘साँझ पौने सातदेखि टेलिकममा प्राविधिक गडबढी देखिएको थियो।

अहिले हामीले भ्वाइस सेवामा आएको समस्या समाधान गरिसकेका छौं। अहिले कलमा कुनै समस्या छैन तर समस्या कसरी आयो पत्ता लाग्न सकेको छैन’उनले बिजमाण्डूसँग भनिन्। टेलिकमको मोबाइलमा फोन नलाग्ने र लागि हालेपनि ब्यालेन्स सकियो भन्दै काटिने गरेको थियो।