सिद्धार्थ बैंकले १३.१६ प्रतिशत लाभांस दिने, ५ प्रतिशत बोनस शेयर, नगद ८.१६ प्रतिशत प्रस्ताब

बिजमाण्डू
२०७५ मंसिर ९ गते १८:१७ | Nov 25, 2018
सिद्धार्थ बैंकले १३.१६ प्रतिशत लाभांस दिने, ५ प्रतिशत बोनस शेयर, नगद ८.१६ प्रतिशत प्रस्ताब

काठमाडौं। सिद्धार्थ बैंकले गत आर्थिक बर्षको नाफाबाट १३.१६ प्रतिशत लाभांस प्रस्ताब गरेको छ। बैंकको सञ्चालक समितिले बोनस शेयर र नगद लाभांस दुबै प्रस्ताब गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले ५ प्रतिशत बोनस शेयर दिने छ। कर प्रयोजनसहित गरी ८.१६ प्रतिशत नगद लाभांस पनि वितरण गर्ने भएको छ। 

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंक र साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्। अहिले बैंकको चुक्ता पूँजी साढे ८ अर्ब रुपैयाँ हाराहारी छ। 

असोज मसान्तसम्म बैंकको निक्षेप एक खर्ब रुपैयाँ नाघेको छ। ९० अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी गरेको छ।